लगातार चौंथो जितपछि अंक गणितका आधारमा बेंगलुरुको प्लेअफको सम्भावना कायम
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेनजर्स बेंगलुरुले लगातार चौथो जित हासिल गर्दै प्लेअफको सम्भावना कायम राखेको छ। बिहीबारको खेलमा बेंगलुरुले पञ्जाब किंग्सलाई ६० रनले हराएको हो। टस हारेर पहिला ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो । उसका विराट कोहलीले सर्वाधिक ९२ रन बनाए । […]