यी हुन् बजेटका मुख्य ब्यबस्था, बॅुदागत रुपमा

काठमाडौं । आर्थिक बर्ष २०८१\०८२ को लागि सरकारले संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत गरेको बजेट का मुख्य बुँदाहरु यसप्रकार रहेक छन् आर्थिक वृद्धि ६ प्रतिशत, मूल्य वृद्धि ५.५ प्रतिशत प्रक्षेपण सरकारले आगामी आर्थिक वर्ष १ अर्बको अनुसन्धान तथा विकास कोष स्थापना गर्ने । वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र […]

३ अर्ब ७७ करोड बजेट विनियोजन नागरिक उड्डयनको लागि

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षक लागि नागरिक उडयान क्षेत्रको लागि ३ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस क्षेत्र अन्तर्गत विभिन्न विमानस्थल अर्थात् त्रिभुवन विमानस्थल, भरतपुर विमानस्थलको स्तरन्नोति तथा निजगढ विमानस्थल निर्माण गरिने बताइएको छ । साथै सञ्चालनमा नरहेका विमानस्थलहरुको समेत निर्माण तथा सुधार गरिने अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने […]

अबरोधका बाबजुद संसदबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं ।नेपाली कांग्रेस लगायत प्रतिपक्षी दलहरूको अवरोधका बीच प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ  । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग गरिरहेका कांग्रेस सांसद आज पनि नाराबाजीसहित रोष्टम घेरेका थिए। सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । सभामुख […]

नीति तथा कार्यक्रम बोक्ने बजेट आऊछ – अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारलले ल्याएको  वार्षिक नीति तथा कार्यक्रम उत्साहजनक भएको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी नीति कार्यक्रम आएको बताए । बजेटमा समेट्न सकिने विषय मात्र नीति कार्यक्रमा समेटिएको उनको भनाइ थियो । मन्त्री पुनले नीति […]

नीति तथा कार्यक्रम कार्यान्यन गर्ने बजेट आऊछ – अर्थमन्त्री बर्षमान पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रममा टेकेर बजेट ल्याउने बताएका छन् । उनले सरकारको नीति तथा कार्यक्रम राम्रो आएको बताउदै नीति कार्यक्रम  कार्यान्वयन गर्ने गरि बजेट ल्याउने बताएका बताएका छन् । उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरे पश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् । उनले यसपाली बिगतमा […]

मन्त्रिपरिषद्‌ बैठकले परित गर्यो नीति तथा कार्यक्रम र १६औं पञ्चबर्षिय योजना

काठमाडौं । सरकारले आर्थिक बर्ष २०८१\०८२ को लागि आज संसदको संयुक्त सदनमा राष्ट्रपतिबाट पेश हुने  नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारको प्रबक्ता एंब सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस्तै आजको बैठकले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना पनि पारित गरेको उनले जानकारी दिइन् ।

पुँजीगत खर्च बढाउने बजेट ल्याउन सरकारलाई सरोकारवालाको सुझाब

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, अर्थसमितिको सोमबार सिंहदरबारमा भएको बैठकमा आयोगका अध्यक्ष बालानन्द पौडेलले खर्च प्रभावकारितालाई प्राथमिकतामा राखेर बजेट ल्याउन आग्रह गरेका हुन् । उनले भने, “बजेट र खर्चको संरचनाबारे पनि छलफल गरिनुपर्छ । खर्च प्रभावकारितालाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्दा कार्यान्वयनमुखी हुन्छ […]

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन् । बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा आयोजित छलफलमा उनले बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइने बताए । त्यसका लागि नेपाल राष्ट्रबैंकसँग छलफल भइरहेको उनको भनाइ थियो । […]

आगामी आवको बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन्। सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए। “सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट […]

विवादित व्यक्तित्व मधुकुमार मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी

काठमाडौं । भ्रष्टचारको आरोप र बजेट निर्माणको क्रममा अनाधिकृत कर्मचारी प्रवेशको क्रममा अर्थ सचिवको जिम्मेवारी लिएका व्यक्तित्व हुन सचिव मधुकुकार मरासिनी । भ्रष्टाचार आरोपमा भने सफाइ पाएका मरासिनीलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको छ । यसअघि बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गरेको विषय संसद्मा चर्किरहेका बेला मरासिनीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई […]