यस्तो छ लगानी बोर्डका सिइओ भट्टले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनको प्रगति विबरण

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्ड अध्यक्ष अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यसम्पादन प्रतिवेदन बुझाएका छन् । सिइओ भट्टले बिहीबार प्रधानमन्त्री समक्ष गत आर्थिक वर्ष २०८०/८१ का लागि भएको कार्यसम्पादन करार बमोजिमको कार्यसम्पादन प्रतिवेदन बुझाएका  हुन् । सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को नियम ८ बमोजिम सम्माननीय प्रधानमन्त्री तथा लगानी […]

अमेरिकी कम्पनी ठूलो लगानी लिएर नेपाल आउन तयार छन्ः अतुल

काठमाडौं । अमेरिकन व्यवसायीहरुको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यप र  अर्थमन्त्री वर्षमान पुन अनन्त बिच  भेट भएको छ । यहि १६ र १७ हुने तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन निजी क्षेत्रका प्रतिनिधिहरुको नेतृत्व गरेर आएका कश्पयले शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग भेट भएको हो । भेटमा  उनले धेरै अमेरिकी […]

लगानी सम्मेलनमा एक सय ५१ परियोजना परियोजना शोकेसमा

काठमाडौं  मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ । पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती परियोजना […]

राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो, कसैको विरोध छैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको बिमति नरहेको बताए । मन्त्रिपरिषद बैठकले सोमबार लगानी प्रतिकूल ठानिएका कानूनका विभिन्न प्रावधान संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो । […]

विदेशमा बस्ने नेपाली व्यापारीले ‘एनआरएन बिजनेश एशोसियसन’ खोल्ने

काठमाडौं ।  विदेशमा व्यापार तथा व्यवासायी गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेका छन् । गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजनेश एशोसियसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो । अमेरिकाको टेक्सासमा व्यवासायी गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न यो संस्थाको अवधारणा ल्याइएको बताए । जोशी गैरआवासीय […]

सरकाले संसदबाट पारित गर्न नभ्याय अध्यादेशबाट लगानी सम्मेलनको लागि कानुन बनाउने

काठमाडौं । लगानी सम्मेलनका लागि सरकारले बनाउनु पर्ने अत्यावस्यक कानुन संसदबाट पास गर्न संभब नभए अध्यादेशबाट भए पनि ऐन संशोधन हुने अर्थमन्त्री बर्षमान पुनले बताएका छन् । उनले भने भरसक संसदबाटै र समय अभावले नभ्याइने भए अध्यादेशबाटै लगानी संकुचन गर्ने ठानिएका दर्जन कानून अध्यादेशमार्फत संशोधन गर्ने सरकारको तयारी रहेको बताए । त्यसका लागि राजनीतिक दलहरुबीच […]

अमेरिकी चेम्बरका लगानीकर्ता नेपालको लगानी सम्मेलनमा आउने

काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ ।  सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेट्न मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी दिएका छन् । लगानी सम्मेलन सफाल पार्न आफूहरुको तर्फबाट सहयोग हुने उनको भनाइ थियो । भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको […]

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल रहने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिए । अर्थमन्त्री पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका आधा दर्जन बढी मन्त्री र मुख्यमन्त्रीहरुसँग अन्तरक्रिया गरेका थिए । […]

डा. प्रकाशशरण महतको कार्यकालका सकारात्मक कार्यक्रम परिबर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रममा कुनै परिवर्तन नगर्ने बताएका छन् ।  विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फारिस हदाद जर्भोससँग आज मन्त्रालयमा भएको भेटमा उनले सो कुरा बताएका हुन्  मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने उनको भनाई रहेको छ । उनले भने […]