खनिया एनआईसी एशिया बैंक सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौं । एनआईसी एशिया बैंकका अर्जुन राज खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । खनिया सहायक महाप्रबन्धकबाट बढुवा भएका हुन््। सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवम् इकोसिस्टममा काम गरी २० वर्ष भन्दा लामो अनुभव सँगालेका छन् । नेपाल बैंकमा आन्तरीक लेखापरीक्षकको रूपमा नायब प्रबन्धक बनेका खनिया […]

२०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित, गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद  अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताएका छन् । उनले  समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहे तापनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज रहेको , मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न , भुक्तानी प्रणालीको सुदृढीकरण […]

तेस्रो त्रैमाससम्म १० वाणिज्य बैंकको सेयरधनीलाई प्रतिफल दिने क्षमता ऋणात्मक

काठमाडौं । मुलुकको सुस्त अर्थतन्त्रको प्रभाव वाणिज्य बैंकहरुको प्रतिफलमा झल्किएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म आधा बैंकहरुको वितरण योग्य नाफा ऋणात्मक देखिएको छ। चैतमा मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार १० वाणिज्य बैंकहरूको वित्तीय स्थिति खस्किएको छ। सुस्त अर्थतन्त्रका कारण कर्जा प्रभाव विस्तार हुन नसक्दा बैंकहरुको लगानीकर्तालाई दिने प्रतिफल नै ऋणात्मक देखिएको हो। सिद्धार्थ […]

प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ । जेष्ठ नागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरु गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्नको लागि उपयुक्त वातावरणको सृजना गर्ने उद्धेश्यका साथ स्थापना भएको सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको […]

राष्ट्र बैङ्कले शुक्रवार ६९ औँ वार्षिकोत्सव  मनाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको ६९ औँ वार्षिकोत्सव शुक्रवार हुने भएको छ । बैङ्कले सूचना प्रकाशन गर्दै वैशाख १४ गते शुक्रवार अपराह्न १ः०० बजे बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा कार्यक्रम आयोजना हुने जानकारी गराएको छ । आयोजित विशेष समारोहमा सहभागिताको लागि बैङ्कका पूर्व गभर्नर, पूर्व डेपुटी गभर्नर, पूर्व विशिष्ट श्रेणी तथा पूर्व प्रथम श्रेणीका अधिकृतहरूलाई […]

प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ। जेष्ठनागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरु गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्नको लागि उपयुक्त वातावरणको सृजना गर्ने उद्धेश्यका साथ स्थापना भएकोे सो संस्थालार्ई बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त […]

तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा ४० अर्ब ६८ करोड, कसको कति

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको खुद नाफा घटेको देखिएको छ। चालु आवको पहिलो ९ महिनामा बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको तुलनामा बैंकहरुको नाफामा संकुचन देखिएको हो। गत आवको सोही अवधिमा बैंकहरुले ४६ […]

सिटिजन्स बैंकद्वारा विपन्न परिवारका विद्यार्थीलाई विद्यालय पोशाक वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शारदा माध्यामिक विद्यालय, धनगढी कैलालीका विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनिहरुको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरुको पठनपाठनमा आउने कठिनाईहरुमा केही सहजता होस् भन्ने हेतुले बैंकले विद्यालय पोशाक प्रदान गरेको हो । विद्यालयमा आज […]

बालबालिकालाई मुक्तिनाथ विकास बैंकको कृत्रिम हात सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गैरनाफामूलक संस्था इनेबल नेपालसँगको साझेदारीमा कृत्रिम हातको आवश्यकता पर्ने बालबालिकालाई त्यस्ता हातहरू वितरण गरेको छ । बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र इनेबल नेपालका पदाधिकारीले कृत्रिम हात वितरण गरेका हुन् । अहिले बैंकले पाँच थान कृत्रिम हात वितरण गरिसकेको र निकट भविष्यमा थप वितरण गर्ने बैंकका गुरुङले बताए । यस […]

महालक्ष्मी विकास बैंकको महिला सशक्तीकरण अभियान

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीलक्षित सशक्तीकरण अभियान सुरुवात गरेको छ । बैंकले सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीका माध्यमबाट महिला सशक्तीकरण गर्ने अभियानको सुरुवात गरेको हो । यसै सन्दर्भमा महिला उद्यमीलाई इभीको साँचो हस्तान्तरण गरिएको बैंकले जनाएको छ । पर्यावरणमैत्री यातायातको बढ्दो माग र आवश्यकतालाई सम्बोधन बैंकले हरित कर्जाअन्तर्गत यस्तो अभियान विस्तार गर्ने जनाएको छ ।