२०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित, गभर्नर महाप्रसाद अधिकारी

Prabhu

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद  अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताएका छन् । उनले  समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहे तापनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज रहेको , मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न , भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न राष्ट्र  बैंक सफल रहको राष्ट्र बैंकको ६९ औँ वार्षिकोत्सवको अवसरमा बताएका हुन्।

उनले बैंकको वार्षिकोत्सवको कार्यक्रमको   अवसरमा भने यो अबधिमा  बैंकको कार्यसम्पादनलाई चुस्त, व्यवस्थित, नियमसङ्गत र अद्यावधिक बनाउन विभिन्न विनियमावली र कार्यविधि तर्जुमा एवम् परिमार्जनका काम पनि निरन्तर रूपमा गरेको बताए ।

उनका अनुसार अघिल्लो आर्थिक वर्ष जस्तै चालु आर्थिक वर्षमा पनि विप्रेषण आप्रवाह उच्च रहेको छ । खासगरी विप्रेसण आप्रवाह उल्लेख्य बढेको तथा आयात घटको चालु खाता एंब  शोधनान्तर बचत कायम भई तरलता व्यवस्थापन गर्न र ब्याजदरमा परेको चाप कम गर्न सहयोग उपलब्ध तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक, गतिविधि बढाउन आधार सिर्जना भएको छ ।

यस्तो छ गभर्नरले राष्ट्र बैंकको ६९ औँ वार्षिकोत्सव ब्यक्त गरेको मन्तब्यको पुर्ण पाठ

Governor's Speech of Baishakh_2081 Final (2)

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार