फ्रान्समा पुनः व्यापक प्रदर्शन, झडपपछि करिब एक हजार पक्राउ
काठमाडौं । फ्रान्समा लगातार दोस्रो दिन भएको व्यापक प्रदर्शनका क्रममा करिब एक हजार जना पक्राउ परेका छन्। शनिबार देशभर लाखौँ मानिसले प्रदर्शनमा सहभागिता जनाएका थिए। प्रदर्शनपछि राति केही स्थानमा झडपसमेत भएको अधिकारीहरूले बताएका छन्। दिनभरजसो प्रदर्शन शान्तिपूर्ण रहे पनि पेरिससहित विभिन्न सहरमा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। मार्से सहरमा […]

