बिजुली बेच्ने मात्र होइन, अर्थतन्त्र चलाउने: ऊर्जामन्त्री श्रेष्ठको ‘उत्पादनदेखि बजारसम्म’ योजना

काठमाडौं । बिजुली उत्पादन गर्ने, ग्रिडमा पुर्‍याउने र बजारमा बेच्ने: नेपालको ऊर्जा क्षेत्रमा अब यी तीन चरण छुट्टाछुट्टै होइन, एउटै चक्रका रूपमा हेरिन थालिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको नेतृत्वमा अड्किएको लगानी चलाउने, नयाँ लगानी भित्र्याउने र ऊर्जालाई अर्थतन्त्रको आधार बनाउने प्रयास भइरहेको छ। RCOD: पहिलो चरणमा २७ आयोजना नेपाल विद्युत् प्राधिकरणले पहिलो […]

आयोगले तोक्यो विद्युत ग्रिडबाट पठाउँदा लाग्ने शुल्क, प्रतिमहिना ४ लाख १३ हजार रुपैयाँ

काठमाडौं । विद्युत नियमन आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि अर्काको बिजुली आफ्नो ग्रिडबाट पठाउँदा लाग्ने शुल्क (वेयलिङ चार्ज) तोकेको छ  ।  आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि अर्काको बिजुली आफ्नो ग्रिडबाट पठाउँदा लाग्ने शुल्क मध्यम र दीर्घकालीन पहुँचमा प्रतिमेगावाट प्रतिमहिना रु. ४ लाख १३ हजार र अल्पकालीनमा प्रतियुनिट ५७ पैसा तोकेको  हो। यसले उत्पादक, […]

हिम पर्वत हाइड्रोपावरलाई ५९ लाख १५ हजार कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले करिब ६ महिना लामो अन्तरालपछि प्राथमिक सेयर (आईपीओ) निष्कासनको स्वीकृति दिएको छ । बोर्डले मंगलबार हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति दिएको हो। गत वैशाख २ गतेपछि धितोपत्र बोर्डबाट कुनै पनि नयाँ कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका थिएनन् । बोर्डमा नेतृत्वको अन्योल लगायतका कारण रोकिएको आईपीओ […]

‘ विद्युत् प्रसारण ग्रिडसम्बन्धी मापदण्ड, २०८३’ जारी : विद्युत प्रसारण तथा व्यापारमा निजी क्षेत्रको सहभागिता

काठमाडौं ।  नेपालमा पहिलोपटक राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्वीलिङ चार्ज) निर्धारण भएसँगै विद्युत् क्षेत्रको विकास अब उत्पादनमा मात्र सीमित नरहने र प्रसारण तथा विद्युत् व्यापारमा समेत निजी क्षेत्रको सहभागिता विस्तार हुने आधार तयार भएको छ । विद्युत् नियमन आयोगले ‘राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड, २०८३’ जारी […]

चार जलविद्युत् आयोजनाको ९६.५ मेगावाट बिजुली निर्यात अनुमति भारतले गर्‍यो नवीकरण

काठमाडौं । भारतले नेपालका चार जलविद्युत् आयोजनाबाट उत्पादित ९६.५० मेगावाट बिजुलीको निर्यात अनुमति नवीकरण गरेको छ । अनुमति नवीकरण भएसँगै वर्षायाममा बिजुली निर्यात रोकिने जोखिम तत्कालका लागि टरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार भारतले केही दिनअघि चार आयोजनाबाट उत्पादित विद्युत् निर्यातका लागि अनुमति नवीकरण गरेको हो । नवीकरण भएका […]

मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, उपत्यकाको विद्युत् आपूर्ति व्यवस्थापन थप सहज हुने

काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मातातीर्थ–चोभार खण्डको निर्माण सम्पन्न भएको छ । काठमाडौंको मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको करिब ६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन शुक्रबारबाट चार्ज गरिने भएको छ । लाइन चार्ज भएपछि मातातीर्थ–चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा […]

२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गर्ने निर्णय गरेको छ। विद्युत् खरिद सम्झौता (पीपीए) गरिसके पनि निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्यांकन गरी आरसीओडी थप गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको पहलपछि प्राधिकरणले वास्तविक […]

बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस् : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । उनले सूचना प्रविधिको युगमा नागरिक बिल तिर्न कार्यालयमा घण्टौँ लाइन बसिरहने अवस्था अन्त्य गर्न आवश्यक रहेको बताए । मन्त्री श्रेष्ठले विद्युत् प्राधिकरण सञ्चालक समितिबाट ‘डिजिटल पेमेन्ट’लाई प्रभावकारी रुपमा विस्तार गर्ने योजना स्वीकृत भएको […]

कृत्रिम बुद्धिमत्ता (एआई) ले पत्रकारको विवेक, नैतिकतालाई प्रतिस्थापन गर्न सक्दैन  : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले डिजिटल युगमा समाचार छिटो सम्प्रेषण गर्नेभन्दा पनि सत्य, तथ्यपरक र विश्वसनीय समाचार दिने संस्कार विकास गर्नुपर्ने बताएका छन् । राष्ट्रिय अनलाइन पत्रकार संघद्वारा आईतबार आयोजित अवार्ड समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने क्रममा अध्यक्ष अग्रवालले सो धारणा राखेका हुन । अनलाइन पत्रकारिता नागरिकलाई सुसूचित गर्ने, […]

१२ वर्षदेखि रोकिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । करिब १२ वर्षदेखि रोकिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। प्रसारण लाइनअन्तर्गत निर्माण गर्नुपर्ने १६ वटा टावरमध्ये १४ वटा निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी दुईवटा मल्टिसर्किट टावरको काम पनि अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले दसैंलगत्तै प्रसारण लाइन चार्ज गर्ने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री […]