सिटिजन लाइफको करिब २८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको करिब २८ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीका संस्थापक सेयरधनीहरुको नाममा रहेको २७ लाख ९३ हजार ३६१ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुमात्रै खरिदका लागि निवेदन दिन पाउनेछन् । सेयर खरिदका लागि ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । यो […]

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको क्रेडिट रेटिङ स्थिर,आम्दानीको स्रोत सीमित

काठमाडौं । इक्रा नेपालले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको इस्यूअर रेटिङ लाई पुनः पुष्टी गर्दै ‘[ICRANP-IR] BB-‘ रेटिङ कायम गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमा नै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। पोखरामा केन्द्रीय कार्यालय रहेको यो कम्पनी सन् २०२३ को नोभेम्बरदेखि सञ्चालनमा आएको हो। हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० […]

सिद्धार्थ प्रिमियरको दाबी भुक्तानीमा तीव्रता, तीन वर्षमा पौने ११ अर्ब भुक्तानी

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आक्रामक रुपमा दाबी भुक्तानी गर्दैै पछिल्ला तीन आर्थिक वर्षमा १० अर्ब ७३ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० वीरेन्द्र बैदवारले बीमाप्रतिको विश्वास कायम राख्न समयमै र सहज रूपमा दाबी भुक्तानी गर्नु कम्पनीको मुख्य जिम्मेवारी रहेको बताए । उनले भने, “दाबी भुक्तानीमा नो […]

भदौसम्म जीवन बीमाको साढे २ अर्ब रुपैयाँभन्दा बढी समर्पण

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म जीवन बीमा कम्पनीहरूले बीमालेख समर्पणबापत २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी रकम बीमितलाई भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा १४ हजार ९९६ वटा बीमालेख समर्पण हुँदा कम्पनीहरूले बीमितलाई २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरेका हुन्। गत आर्थिक वर्ष २०८२/८३ […]

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा श्री क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने तथा शैक्षिक सामग्रीको उपलब्धतामा सहजता ल्याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयलाई कापी र पेन्सिल सहयोगस्वरूप प्रदान गरिएको हो। उक्त सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको […]

दुई महिनामा निर्जीवन बीमाको व्यवसाय २०.९७ प्रतिशतले बढ्यो, जीवन बीमातर्फ ४ खर्ब ५ अर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौ मसान्तसम्म)  बीमा कम्पनीहरूको कुल बीमाशुल्क सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको  तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले भदौ मसान्तसम्म कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा […]

जीवन बीमा कम्पनीको व्यवसाय साढे ४० अर्बले नाघ्यो , १५ प्रतिशतले व्यवसाय बढ्दा कुन कम्पनीको कति पुग्यो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिना (साउन देखि भदौमसान्त) मा जीवन बीमा कम्पनीहरूले ४० अर्ब ५४ करोड बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८३/८४ को भदौसम्म ४० अर्ब ५४ करोड १४ लाख बीमा शुल्क संकलन गरेको छ । जुन […]

बीमा प्राधिकरणद्धारा ४१ जना जीवन बीमा अभिकर्ता परिक्षार्थीलाई कारबाही, हेर्नुहोस् सूची

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनलाइन परीक्षामा अनियमितता गरेको भन्दै ४१ जना बीमा अभिकर्ता परीक्षार्थीमाथि कारबाही गरेको छ। प्राधिकरणले उनीहरूको परीक्षा रद्द गर्दै तीन महिनासम्म अभिकर्ताको परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गरेको हो। प्राधिकरणका अनुसार अनलाइन परीक्षामा सहभागी केही परीक्षार्थीको विवरण र परीक्षामा उपस्थित व्यक्तिबीच फरक पाइएको थियो। अनलाइन प्रणालीमा प्रविष्ट गरिएको तस्बिरमा भएको व्यक्तिभन्दा […]

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कार्यवाहक सीईओ)को जिम्मेवारी कवि फुयाँललाई दिइएको छ। कम्पनी सञ्चालक समितिको बैठकले फुयाँललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीईओको जिम्मेवार दिने निर्णय गरेको हो। कम्पनीको गत असोज १३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले असोज २६ गतेदेखि लागु हुनेगरी उनलाई कायम मुकायम सिईओको जिम्मेवारी दिएको हो […]

बीमा प्राधिकरणले २ बटा बीमकमा गर्‍यो आकस्मिक निरिक्षण, ४ वटामा नियमित

काठमाडौं । नेपाल बीमा प्राधिकरणको बीमकको संस्थागत सुशासन तथा वित्तीय अनुशासन लगायतको विषयमा केन्द्रित रहेर चालू चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ महिनामा एक पुनर्बीमकसँगै ६ वटा बीमा कम्पनीहरूमा स्थलगत निरिक्षण गरेको छ । प्राधिकरणका अनुसार, २ वटा कम्पनीमा नियमित र १ वटा कम्पनीमा आकस्मिक गरी ३ वटा जीवन बीमकको प्रधान कार्यालयमा स्थलगत […]