बाढी क्षतिको बीमा दाबी करिब २१ अर्ब, दाबी भुक्तानी सुरु

काठमाडौं । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको भौतिक क्षतिको प्रारम्भिक बीमा दाबी रकम २० अर्ब ९८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार असोज १२ गतेसम्म विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा कुल २ हजार १८० वटा दाबी दर्ता भइसकेका छन्। बाढी प्रभावित बीमितहरूलाई हालसम्म चारवटा निर्जीवन बीमा […]

दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप सम्पन्न, हिमालयन एभरेष्ट इन्स्योरेन्स विजेता

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिता भव्य तथा रोमाञ्चक रूपमा सम्पन्न भएको छ। सामाखुसी फुटसल ग्राउन्डमा सम्पन्न प्रतियोगितामा विभिन्न बीमा कम्पनीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिताका खेलहरूमा सहभागी टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाएका थिए। सामाखुसी फुटसल ग्राउन्डमा सम्पन्न प्रतियोगिताको […]

नेशनल लाइफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूको सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गर्ने उद्देश्यले आयोजना गरेको वार्षिक चेयरपर्सन क्लब कार्यक्रम भैरहवास्थित होटल सिद्धार्थ भिलासामा भव्य रूपमा सम्पन्न भएको छ । आ.व. २०८२/८३ का लागि निर्धारित लक्ष्य पुरा गरी चेयरपर्सन क्लब कार्यक्रममा छनौट भएका अभिकर्ताहरू एवं कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा […]

सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिकको जीवन सुरक्षालाई ध्यानमा राख्दै कम्पनीको ९औ बार्षिकोत्सवको उपलक्ष्यमा “सन स्मार्ट प्रोटेक्सन बीमा योजना” ल्याएको छ। असोज १ गते सम्पन्न गरिएको Product Inauguration कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालज्यूबाट र उच्च व्यवस्थापन कर्मचारीहरूको उपस्थितिमा उक्त बीमा योजनालाई शुभारम्भ गरिएको हो । कम्पनीले १८ वर्षदेखि […]

नेशनल लाइफ र नेपाल बैंकबीच कर्मचारीको जीवन बीमासम्बन्धी सम्झौता

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंकबीच बैंकमा कार्यरत कर्मचारीको जीवन बीमासम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा नेशनल लाइफका नायब प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई जीवन बीमा सुविधा उपलब्ध गराइनेछ। यसबाट कर्मचारीको जीवन तथा आर्थिक सुरक्षामा […]

प्रधानमन्त्री विपद् राहत कोषमा ओरिएण्टल इन्स्योरेन्सको २० लाख सहयोग

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री विपद् राहत कोषमा २० लाख रूपैयाँ सहयोग राशी उपलब्ध गराएको छ। इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्ती, नायब प्रमुख कार्यकारी अधिकृत शिरिषा मरूजोल्ला र वरिष्ठ विभागीय प्रबन्धक मान बहादुर ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सोमबार सहयोग राशी बराबरको चेक हस्तान्तरण गरेका हुन्। अर्थ मन्त्रालयमा गरिएको चेक हस्तान्तरणका क्रममा […]

भोटेकोशी बाढीको असर: इक्रा नेपालद्वारा बीमक र जलविद्युत् आयोजनाको रेटिङ पुनरावलोकन

काठमाडौं । भदौ १० गते बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको अभूतपूर्व बाढीले चीनको ग्याइरोङ (केरुङ) बन्दरगाह पूर्ण रूपमा ध्वस्त पार्दै नेपालको तटीय क्षेत्रमा भीषण क्षति पुर्‍याएको छ। लामटाङ हिमालमा गएको पहिरो वा हिमपहिरोले नदी थपिएर बनेको प्राकृतिक बाँध फुटेपछि यो विपद् भएको हो। यसबाट मुख्य गरी रसुवा र नुवाकोट तथा केही हदसम्म धादिङ जिल्ला प्रभावित […]

प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १६ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका विद्यमान संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १६ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि उक्त सेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई ३५ दिन भित्र आवेदन दिन […]

जीवन बीमा कम्पनीहरुको आम्दानी ३३.४४ प्रतिशतले बढ्यो,कसको कति ? (सूचीसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरूको १ वर्षमा नाफा ३२ प्रतिशतले बढेको छ। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा २६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ कमाएका छन्। यो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.४४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूको कमाई १९ अर्ब ६५ […]

सानिमा जिआईसी इन्स्योरेन्सको सीईओमा उपाध्याय पुनः नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय पुनः नियुक्त भएका छन्। कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। उनको हालको चारवर्षे कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुँदैछ। त्यसपछि कात्तिक ७ गतेदेखि लागू हुने गरी २०८७ […]