काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.६५ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २५ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको बीमा व्यवसाय भने विस्तार भएको छ । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८६ करोड २७ लाख रुपैयाँ कुल आर्जित बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ कुल आर्जित बीमाशुल्क संकलन गरेको थियो ।
त्यस्तै, कम्पनीको खुद आर्जित बीमाशुल्क १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६२ करोड १६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ७० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै, नवीकरण बीमाशुल्क १ अर्ब २४ करोड १० लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ६७ करोड ९२ लाख रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीको कुल खर्च २ अर्ब ९ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल खर्च १ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ७३ पैसा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको ईपीएस १९ रुपैयाँ ९० पैसा थियो ।
असोज मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा अन्य कोषसहित कुल इक्विटी ७ अर्ब ९३ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीले समीक्षा अवधिमा ९७ हजार ८९६ वटा नयाँ बीमालेख जारी गरेको छ । गत वर्षको सोही अवधिमा ८१ हजार ११६ वटा बीमालेख जारी गरेको थियो ।



