Global College

डलर, पाउण्ड र युरोको सहित कुनदेशको विनिमयदर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर सोही दरमा सटही भएको थियो ।

त्यस्तै आज युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युरो एकको खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा रहेको थियो ।  त्यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर २०१ रुपैयाँ २६ पैसा र बिक्रीदर २०२ रुपैया ०७ पैसा रहेको थियो ।

स्वीस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८३ रुपैयाँ ५१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०४ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ११ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४ रुपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २२ पैसा र बिक्रीदर ११ रुपैयाँ २६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ६४ पैसा बिक्रीदर ३९९ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १३ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

NECO

Leave Your Comment

Related News