काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ थियो ।
यता चाँदी पनि ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँ थियो ।



