उद्योगमन्त्री र कृषिमन्त्रीबीच भेटवार्ता, यी विषयमा भयाे छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीबीच कृषि तथा वनजन्य उत्पादनको प्रवर्द्धन, बजारीकरण तथा उद्योगसँगको समन्वयका विषयमा छलफल भएको छ। छलफलमा न्यूनतम समर्थन मूल्य (एमएसपी) कार्यान्वयन, अन्नबालीको उत्पादन तथा बजारीकरण, मह, चिया तथा दुग्धजन्य पदार्थको उत्पादन, प्रशोधन र बजार व्यवस्थापनका विषयमा छलफल भएको हो। […]

‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका कारण निजी क्षेत्र, उद्योग–व्यवसाय र समग्र अर्थतन्त्रमा प्रतिकूल असर परिरहेको बताएका छन्। सङ्घीय संसद्काे संसदीय विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा नेपालको वर्तमान परिस्थिति, विकासका चुनौती, हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तथा जलवायु न्यायका विषयमा छलफल गर्दै अध्यक्ष श्रेष्ठले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा […]

ग्यास उद्योगले खुद्रा बिक्री बन्द गरी ग्यास बिक्रीको व्यवस्था मिलाउन माग : महासंघ

काठमाडौं । नेपाल ग्यास बिक्रेता महासंघले ग्यास उद्योगबाट भइरहेको खुद्रा बिक्री बन्द गरी डिलरमार्फत खाना पकाउने ग्यास बिक्री तथा वितरणको व्यवस्था मिलाउन माग गरेको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले २०८२ साल फागुन २८ गतेदेखि नेपालमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको र हालसम्म पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन्। उनले बजारमा आवश्यकताभन्दा […]

आईपीओ निष्कासनको तयारीमा रहेको लक्ष्मी स्टिल्सको रेटिङ ‘ट्रिपल बी प्लस’ मा स्तरोन्नति, आम्दानी झण्डै ११ अर्ब

काठमाडौं । नेपालले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको लक्ष्मी स्टिल्स लिमिटेडको रेटिङ स्तरोन्नति गरेको छ।क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले कम्पनीको लामो दीर्घकालीन रेटिङ ‘आईआरएन बीबीबी’ बाट बढाएर ‘आईआरएन बीबीबी प्लस’ पुर्‍याएको छ। साथै, कम्पनीले उपयोग गर्दै आएको ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ सुविधाको रेटिङ पनि ‘आईआरएन ए३ प्लस’ बाट बढाएर ‘आईआरएन […]

अत्यधिक सार्वजनिक बिदाले व्यापार व्यवसाय प्रभावित, दुईदिने बिदा घटाउन उद्योगीको माग

काठमाडौं । उद्योगीहरूले अत्यधिक सार्वजनिक बिदाका कारण व्यापार व्यवसाय सञ्चालनमा समस्या भएको बताएका छन्। उनीहरूले दुई दिने साप्ताहिक बिदासहित अन्य सार्वजनिक बिदा धेरै हुँदा उद्योग तथा व्यवसाय सञ्चालन प्रभावित भएको बताएका हुन्। सोमबार बसेको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता समितिको बैठकमा उद्योगीहरूले सार्वजनिक बिदाका कारण बैंकिङ कारोबारसमेत प्रभावित हुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको गुनासो गरेका […]

नेपाल महिला चेम्बरको आयोजनामा ‘चेम्बर बजार’ सुरु

काठमाडौं । महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवद्र्धन तथा व्यापार विस्तार गर्ने उद्देश्यले काठमाडौंको जमलमा ‘चेम्बर बजार’ सुरु भएको छ । नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको जमलस्थित भवनमा शनिबारदेखि ‘चेम्बर बजार’ सञ्चालनमा आएको हो । चेम्बर बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्री तथा साल्ट ट्रेडिङ लगायतका स्टलहरू रहेका छन् । […]

नेपाली कांग्रेसको १५औँ महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र कर स्थायित्वमा जोड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक नीतिबारे पनि बहस तीव्र बनेको छ । बदलिँदो विश्व अर्थतन्त्र र नेपालको आन्तरिक आर्थिक अवस्थालाई ध्यानमा राख्दै कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रको नेतृत्वमा उत्पादन तथा लगानी विस्तार र सामाजिक सुरक्षालाई आर्थिक नीतिको आधार बनाउने संकेत गरेको छ । कांग्रेसभित्र बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवादलाई […]

पूर्वाञ्चल ल्युब आयलको २७औँ साधारणसभा सम्पन्न, आईपीओ निष्कासनको तयारी

काठमाडौं । पी. एल. ओ.  ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिबाट प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसहित सबै प्रस्ताव पारित गरेको छ। सभाले चुक्ता पुँजीमा करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ। त्यस्तै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, […]

हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

काठमाडौं । नेपाल हस्तकला महासंघले विभिन्न क्षेत्रका उद्यममा संलग्न २२ जना महिला उद्यमीलाई सम्मान गरेको छ । परम्परागत नेपाली उत्पादन र हस्तकलालाई आन्तरिक तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्याउन योगदान दिने महिला उद्यमीहरूलाई महासंघले शुक्रवार सम्मान गरेको हो । महिला उद्यमीहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, ललितपुर महानगरपालिकाका उपमेयर मन्जली शाक्य बज्राचार्य, महासंघका अध्यक्ष रबिन्द्र शाक्यलगायतको […]

विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरको सहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७ औँ बैठकमा विपद् व्यवस्थापनमा नेपाल चेम्बर अफ कमर्ससहित निजी क्षेत्रबाट विपद् व्यवस्थापन कार्यमा गरेको सहयोग र यस कार्यबाट प्राप्त उपलब्धीको सह्राना गरिएको प्रति चेम्बरले साधुवाद व्यक्त गरेको छ। नेपाल चेम्बर अफ कमर्ससहित निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्दै बैठकको अध्यक्षता गरेका गृहमन्त्री सुधन गुरुङले […]