सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं ।  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सर्वोत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टद्वारा संयुक्त रूपमा एक करोड एघार लाख एघार हजार एक सय एघार रुपैया  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको छ । कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, संचालक टिकाराम न्यौपाने, पूर्व–संचालक बिमल […]

बाढी प्रभावित व्यवसायीलाई निजी क्षेत्र एक्लो हुन दिँदैन : पूर्वअध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्ष चन्द्र ढकालले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै विपद्बाट प्रभावित उद्योगी–व्यवसायीलाई निजी क्षेत्रले निरन्तर साथ दिने बताएका छन्। बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका क्षेत्रमा पुगेर स्थलगत अवस्थाको अवलोकन गरेपछि ढकालले बाढीले पुर्‍याएको क्षति अत्यन्तै हृदयविदारक रहेको बताएका हुन्। […]

रिलायबल नेपाल एग्रो लिमिटेड शतप्रतिशत शुद्ध ‘स्वास्थ्य श्री’ प्रिमियम तोरीको तेल बजारमा

काठमाडौं । ‘रिलायबल नेपाल एग्रो लिमिटेड’ ले शतप्रतिशत शुद्ध स्वास्थ्य श्री प्रिमियम तोरीको तेल उत्पादन गरेको छ ।बिमा, बैकिंग तथा व्यावसायिक क्षेत्रका अनुभवी व्यक्तीत्वहरुबाट पब्लिक लिमीटेड कम्पनीको रुपमा स्थापना गरिएको ‘रिलायबल नेपाल एग्रो लिमिटेड’ ले गुणस्तरीय खाद्य उत्पादन मार्फत नेपाली उपभोक्तालाई विश्वसनीय उत्पादन उपलब्ध गराउने लक्ष्य राखेको छ । कम्पनीले आफ्नो प्रिमियम उत्पादन “स्वास्थ्य श्री” […]

धनकुटामा एक वर्षमा १५१ उद्योग बन्द, नयाँ १४८ दर्ता

धनकुटा । धनकुृटा जिल्लामा पुराना उद्योग बन्द गर्ने र नयाँ उद्योग स्थापना गर्नेहरुको सङ्ख्या घट्दै गएको छ । गत वर्ष १५१ उद्योग बन्द भएका छन् भने चालु आर्थिक वर्ष २०८३/८४ मा १४८ नयाँ उद्योग दर्ता भएका छन् । नव युवामा उत्साह र अनुदान लगायतका सेवा पाइने भएकाले उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको घरेलु तथा […]

करिब ७ अर्बमा सीमित नेपालमा आउने विदेशी लगानी

काठमाडौं । नेपालमा आउने विदेशी लगानी प्रतिवद्धता ७ अर्बमा सीमित हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको नेपालमा प्रत्यक्ष वैदेशिक लगानी–२०२४/०२५ सम्बन्धी सर्वेक्षण प्रतिवेदनले उक्त आर्थिक वर्षमा नेपालमा ७.५ अर्ब रुपैयाँबराबरको कुल प्रत्यक्ष वैदेशिक लगानी (ग्रस एफडीआई) भित्रिएको देखाएको हो । आर्थिक वर्ष २०२४/२५ मा कुल प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रवाह १२ […]

बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

काठमाडौं । रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोपछि प्रभावित नागरिकको सहायताका लागि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ६० लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराएको छ। साल्ट ट्रेडिङ कर्पोरेशनको तर्फबाट ५० लाख रुपैयाँ र कर्मचारीहरूका तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६० लाख रुपैयाँ आर्थिक राहत उपलब्ध गराइएको हो। कम्पनीका अनुसार प्राकृतिक विपद्का […]

साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीले १ प्रतिशत भन्सारमै २५ हजार टन चिनी आयात गर्ने

काठमाडौं । सरकारले बजारमा हुनसक्ने चिनीको अभाव र मूल्य वृद्धिलाई नियन्त्रण गर्न १ प्रतिशत भन्सार महसुलमा २५ हजार मेट्रिक टन चिनी आयात गर्ने स्वीकृति प्रदान गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकले सरकारी स्वामित्वका दुई प् संस्थानहरु, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत २५,००० मेट्रिक टन […]

मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं । मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। उक्त सहयोग रकमको चेक मारुती सिमेन्ट्स लिमिटेडका सञ्चालकहरू नन्दकिशोर राठी, मनोज कुमार गोयल, शरद गोयल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। कम्पनीले विपद् तथा कठिन परिस्थितिमा प्रभावित […]

‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डीडीसीको लक्ष्य’

चितवन । दुग्ध किसानको बक्यौता भुक्तानी र उत्पादनको ठूलो मात्रा मौज्दातसहित वित्तीय सङ्कटबीच लामो समयदेखि गुज्रिरहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य लिएको छ । संस्थालने दूध लिएबापतको रकम किसानलाई नियमित रुपमा भुक्तानी दिने व्यवस्था सुनिश्चित गरी दुग्ध सङ्कलन तथा दुग्धजन्य पदार्थको बिक्री केन्द्र विस्तार गरेर […]

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौँडाबाट वैकल्पिक मार्ग हुँदै काठमाडौंमा ग्यास आपूर्ति सुरु

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गहिरो दुःख व्यक्त गरेका छन्। यस विपद्मा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, विपद्का कारण घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। […]