एनसेलले आपत्ति जनाँउदै भन्यो: सरकारले संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय अभ्यास विपरीत काम गर्यो

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले छानबिन समितिले तयार गरेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको कदम संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय अभ्यास विपरीत रहेको जनाएको छ । एनसेलसँग सम्बन्धित टङ्कमणि शर्मा दंगालको संयोजकत्वमा भएको छानबिन समितिको प्रतिवेदन ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सरकारले सार्वजनिक गरे सँगै एनसेलले आपत्ति जनाएको हो । एनसेलले […]

वित्तीय खर्च घटाउँदा पनि रिलायन्स स्पिनिङको नाफामा गिरावट

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले अर्थिक वर्ष २०८२\८३ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।   विवरण अनुसार कम्पनीको नाफामा गिरावट अएको छ ।  आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रिलायन्स स्पिनिङ मिल्सको उत्पादन बिक्री आम्दानी बढेर १० अर्ब ४५ करोड ९६ लाख रुपैयाँ पुगे तापनि खुद नाफामा भने १६.१४ प्रतिशतको गिरावट आएको छ। कम्पनीले […]

४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुँदै

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि ४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुन थालेको छ । उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न उद्योगबाट उठ्न बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि करोडौँ रुपैयाँ असुली भएको हो । उद्योगमन्त्री गौरी कुमारी यादवले वर्षौँदेखि राज्यलाई तिर्नुपर्ने रकम […]

लागत बढेपछि युनिलिभर नेपालको नाफा घट्यो

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफामा गिरावट आएको छ। अघिल्लो आवमा १ अर्ब ९७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको युनिलिभरले गत आवमा १ अर्ब ५७ करोड मात्र कमाएको छ। कम्पनीको सञ्चालन आम्दानी घटेको र खर्च बढेकाले नाफा घटेको छ। कम्पनीको […]

सुदूरपश्चिमको औद्योगिक विकासको आशाः दैजी औद्योगिक क्षेत्र अन्योलमा

काठमाडौं । साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट नगरपालिकामा प्रस्तावित दैजी क्षेत्र औद्योगिक क्षेत्रको शिलान्यास गरे । सुदूरपश्चिममा औद्योगिक क्षेत्र स्थापना हुने खवरले यहाँको निजी क्षेत्रदेखि स्थानीयवासीसम्मले खुसियाली व्यक्त समेत गरे । तर २०७७ फागुनमा शिलान्यास भएको औद्योगिक क्षेत्र स्थापनाको काम रुख कटान र भोगाधिकारको विषयको फाइल कृषि, वन तथा पर्यावरण मन्त्रालय […]

निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन दिन सरकारसँग एफएनसीसीआई अध्यक्ष श्रेष्ठको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले औद्योगिक विकास र स्वदेशमै रोजगारी सिर्जनाका लागि सरकारले निजी क्षेत्रलाई सहुलियत तथा प्रोत्साहन दिनुपर्ने बताएका छन्। काठमाडौंमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले वर्तमान आर्थिक अवस्थामा निजी क्षेत्रलाई लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका हुन्। उनले व्यवसायीले […]

नेपालमा सवारी साधन एसेम्बली तथा सहायक उद्योगको प्रवर्द्धनका लागि दीर्घकालीन रणनीतिक खाका आवश्यक छ : अध्यक्ष ऋतु सिंह

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण भृकुटीमण्डपमा सुरु भएको छ। एक्स्पोको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित, व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताइन्। उनका अनुसार एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको नाइमामा […]

चितवनमा निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन-२०८३ हुने

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रका समसामयिक समस्या, चुनौती र समाधानका उपायबारे छलफल गर्न भदौ १५ गते राष्ट्रिय सम्मेलन-२०८३ आयोजना गर्ने भएको छ। चितवनको सौराहास्थित होटेल रोयल ट्रुलिपमा हुने सम्मेलनमा सातै प्रदेश महासङ्घ, ७७ जिल्ला निर्माण व्यवसायी सङ्घ, एसोसिएट सदस्य तथा वस्तुगत सङ्घका प्रतिनिधिहरू सहभागी हुनेछन्। महासङ्घका प्रवक्ता मङ्गलबहादुर शाहीका अनुसार सम्मेलनमा सार्वजनिक […]

हेटौँडा कपडा उद्योग : तान चल्यो , २३०० मेट्रिक टन धाँगो र १ करोड १० लाख मिटर कपडा उत्पादनमा पुनः फर्किएला

काठमाडौं । साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा आएको छ । नेपाली सेनाले उद्योगमा रहेको मेशिन सरसफाई गरी तान चलाए सँगै उद्योग पुनः सञ्चालनमा आएको हो । सेनाले उद्योग तथा मेशिनहरुको मर्मत सम्भार पछि शनिबार तान चलाएर प्रारम्भिक परिक्षण थालेको हो । प्रधानमन्त्री बालेन्द्र शाहका निजीसचिव प्रदीप परियारका अनुसार उद्योगभित्र […]

२० ठूला बहुराष्ट्रिय करदातासँग अर्थमन्त्रीको छलफल सुरु, एनसेलदेखि सूर्य नेपालसम्म सहभागी

काठमाडौं । अर्थमन्त्रीले आह्वान गरेको २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँगको छलफल सुरु भएको छ। छलफलमा सूर्य नेपाल प्रा.लि., एनसेल आजियाटा लिमिटेड, आरती स्ट्राइप्स प्रा.लि., गोर्खा ब्रुअरी प्रा. लि., हिमालय एअरलाइन्स् प्रा.लि., होङ्शी शिवम् सिमेन्ट प्रा. लि., डुसान इनरबिलिटी कम्पनी लिमिटेड, डाबर नेपाल (प्रा.) लि., वोटलर्स नेपाल (तराई) लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, एशियन पेन्ट्स (नेपाल) […]