विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा

काठमाडौं । थापाथली क्याम्पसका एसोसिएट प्रोफेसर लोचन केन्द्र देवकोटाले विश्वविद्यालयले अध्ययन पूरा गरेको भोलिपल्ट देखि नै उद्योगमा आवश्यक सबै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न नसक्ने बताएका हुन। नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा शिप र उद्यमशीलताको खाडल पुर्ने’ शिर्षकमा आयोजित संवादमा उनले यस्तो बताए । […]

दैनिक ५०–६० सिलिन्डर खपत हुने होटलमा २०० सिलिन्डर मौज्दात अस्वाभाविक होइन : चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ। होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि नकारात्मक हुने चेम्बरको भनाइ छ। हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा भएको […]

आईपीओ निष्कासन गर्दै जेमिनी रिसाइकल नेपाल

काठमाडौं ।  नेपालको औद्योगिक क्षेत्रमा दरिलो उपस्थिति जनाएको जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। मोरङको बुढीगंगा–५ स्थित हात्तीमुढामा सम्पन्न कम्पनीको विशेष साधारण सभाले पूँजी विस्तार र भविष्यको व्यवसायिक रणनीतिका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेको हो। कम्पनीले आफ्नो कुल ५० करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशतले […]

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन्। नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमितिको निर्वाचनबाट पाण्डे सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। सोल्टी होटलमा सम्पन्न निर्वाचनमा पाण्डेले १८८ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भए। उनका निकटतम प्रतिस्पर्धी युविका भण्डारीले १५८ मत र […]

पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाँचतारे होटलको नामै तोकेर खाना पकाउने ग्यासको कालोबजारी गरेको भन्दै सूचना प्रवाह गरेपछि होटल व्यवसायीले त्यसको कडा आलोचना गरेका छन्। होटल एसोसिएसन नेपाल (हान)ले काठमाडौंस्थित आफ्नो सदस्य पाँचतारे अन्तर्राष्ट्रिय चेन होटलमा सरकारी अनुगमनका क्रममा ग्यास सञ्चितिको विषयलाई लिएर सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हानका अनुसार होटलमा […]

अब १ करोड पर्यटक भित्र्याउने योजना बनाऔँ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि वार्षिक २०–३० लाख पर्यटक भित्र्याउने लक्ष्यमा मात्र सीमित नभई १ करोड पर्यटक भित्र्याउने बृहत् योजनाका साथ अघि बढ्नुपर्ने बताएका छन्। नेपाल पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपालको पर्यटन उद्योगलाई पुनःउत्थान […]

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नयाँ नीति, ऐन तथा कानुन निर्माण गर्दा हतार गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । उनले नीति निर्माणअघि सम्बन्धित सरोकारवाला र निजी क्षेत्रसँग पर्याप्त छलफल तथा परामर्श गर्न सरकारसँग आग्रह गरे । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ वार्षिक साधारण सभालाई सम्बोधन […]

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच नेपाल–इजरायलबीचको आर्थिक, व्यापारिक, लगानी तथा श्रम सहकार्य विस्तारका विषयमा छलफल भएको छ । मंगलवार महासंघ सचिवालयमा भएको भेटवार्तामा दुवै पक्षले नेपाल–इजरायल आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन निजी क्षेत्रको सक्रिय सहभागिता, लगानी प्रवद्र्धन, नवप्रवर्तन, प्रविधि हस्तान्तरण तथा व्यापारिक सहकार्यलाई […]

शासकीय स्वरुप परिवर्तन भएसँगै राष्ट्रिय आपूर्ति नीति, २०८३ निर्माण, २८ वटा कार्यनीति समावेश मागियो सुझाव

काठमाडौं । सरकारले शासकीय स्वरुप परिवर्तन भए सँगै नयाँ राष्ट्रिय आपूर्ति नीति आवश्यक रहेको जनाएको छ । यो सँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्रिय आपूर्ति नीति, २०६९ बनाएको छ । २८ वटा रणनीति समावेश गरिएको उक्त नीति संघीय प्रणालीमा मुलुक गए सँगै आवश्यक रहेको मन्त्रालयले जनाएको छ । यसअघिको राष्ट्रिय आपूर्ति नीति, २०६९ जारी […]

उद्योगमन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्षको बिहीबार उद्घाटन गरेकी छिन् । सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा सञ्चालनमा ल्याइएको बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तुहरू सुलभ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । खाद्य […]