युद्धको असरले इरानी मुद्रा रियाल कमजोर बन्दै

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा फेरि कमजोर भएको छ । मंगलबार तेहरानमा एक अमेरिकी डलरका लागि २५ लाखभन्दा बढी रियालमा कारोबार भएको थियो । यो रियालको अहिलेसम्मकै सबैभन्दा कमजोर अवस्था हो । यसअघि सेप्टेम्बर २ मा एक अमेरिकी डलर बराबर २२ लाख रियाल पुगेको थियो । त्यसको २७ […]

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’

इटहरी । सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्दैछ। युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ। यस मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा […]

अष्ट्रेलियामा महँगी बढ्दै, मुद्रास्फीति ४ प्रतिशतमा

काठमाडौं । अष्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर अगस्ट महिनामा बढेर ४ प्रतिशत पुगेको छ। बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार, जुलाईमा ३.५ प्रतिशत रहेको उपभोक्ता मूल्य सूचकांक अगस्टमा बढेर ४ प्रतिशत पुगेको हो। अष्ट्रेलियाली तथ्यांक विभागका अनुसार, मुद्रास्फीतिको अन्तर्निहित अवस्था मापन गर्ने वार्षिक औसत दर भने लगातार तेस्रो महिनामा ३.६ प्रतिशतमा स्थिर रहेको छ। अर्थशास्त्रीहरूले अगस्टमा मुद्रास्फीति […]

दूतावासलाई व्यापार, लगानी र पर्यटन प्रवद्र्धनको केन्द्र बनाऔँ: चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई प्रशासनिक तथा राजनीतिक कार्यमा मात्र सीमित नराखी व्यापार, लगानी र उद्योग प्रवद्र्धनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको सचिवाल जमलमा मंगलबार एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड ईन्टरनेशनल अफेयर्स (एमआईएईडि) का मास्टर्स ईन इन्टरनेशनल […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा नै रहेको थियो […]

सुनचाँदी बेच्नको लागि नागरिकता, राष्ट्रिय परिचय पत्र वा लाइसेन्स अनिवार्य

काठमाडौं । सरकारले सुनचाँदी तथा यसका गरगहना बिक्री गर्न चाहने ग्राहकका लागि परिचयपत्रको अनिवार्य गरेको छ । ग्राहकले खरिद गरेको सुनचाँदी तथा यसका गरगहना बिक्री गर्दा अनिवार्य रुपमा आफनो परिचय खुल्ने, नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र लगायतका कागजात अनिवार्य गरेको हो । आन्तरिक राजस्व विभागले ‘सिप प्रवद्र्धन शुल्क सम्बन्धी कार्यविधि, २०८३’ जारी गर्दै […]

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन

काठमाडौं । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकको अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो। एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकबाट एक/एक जना उपाध्यक्ष रहने प्रावधान छ। […]

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षामा जोड

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। विश्वविद्यालयले आगामी वर्ष कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स, साइबर सेक्युरिटी र चिकित्सा शिक्षाको विस्तारलाई प्राथमिकतामा राखेको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ […]

भारतको निजी क्षेत्रको पीएमआई सेप्टेम्बरमा बढेर ५६.५ पुग्यो, उत्पादन क्षेत्रले गर्यो नेतृत्व

काठमाडौं । एचएसबीसी  फ्ल्यास इन्डिया पीएमआईले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार उत्पादन र नयाँ अर्डरमा भएको वृद्धिले व्यापारिक अवस्थालाई मजबुत बनाउँदा सेप्टेम्बर महिनामा भारतको निजी क्षेत्रको गतिविधि सुदृढ भएको छ। एचएसबीसी फ्ल्यास इन्डिया पर्चेजिङ म्यानेजर्स इन्डेक्स  कम्पोजिट आउटपुट इन्डेक्स अगस्टको ५४.३ बाट बढेर सेप्टेम्बरमा ५६.५ पुगेको छ, जुन जुन महिनापछिकै निजी क्षेत्रको गतिविधिको सबैभन्दा तीव्र विस्तार […]

काठमाडौंको दुई दर्जन बढी ‘प्राइम लोकेशन’ को हडपेको सरकारी जग्गा फिर्ता, कुल ४७१ भन्दा बढी रोपनी फिर्ता

काठमाडौं । सरकारले काठमाडौंको दुई दर्जन बढी ‘प्राइम लोकेशन’ मा व्यक्ति तथा संस्थाले हडपेको सार्वजनिक तथा सरकारी जग्गा फिर्ता ल्याएको छ । काठमाडौंका विभिन्न २९ वटा भन्दा बढी स्थानमा रहेको २ लाख ४० हजार ८ वर्गमटिर (४७१.९९ रोपनी) सरकारी जग्गा फिर्ता ल्याएको हो । काठमाडौं महानगरपालिकका अनुसार महानगर क्षेत्रभित्र रहेको सरकारी जग्गा विभिन्न व्यक्ति, समाज […]