२ महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३÷८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा नेपालले ९ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ बराबरका ४ लाख २५ हजार थान स्मार्टफोन आयात गरेको हो । गत आवको सोही अवधिमा भने ८ अर्ब […]

डलर, पाउण्ड र युरोको मूल्य स्थिर, कुन देशको विनमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर सोही मूल्यमा सटही भएको थियो । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र […]

विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ। भन्सार विभागले पछिल्लो समय विवादस्पद बनेका भट्टलाई गड्डाचौकीको जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरेको जनाएको छ। भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपालका एसपी खुमबहादुर केसीबीच विवाद भएको विषय सार्वजनिक भएपछि विभागले उनलाई विभागमा तानेको हो। एसपी केसी सशस्त्र […]

हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि

काठमाडौं । पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक साताको अवधिमा सुनको मूल्यमा ४ हजार ५०० रुपैयाँको गिरावट आएको हो । असोज २ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ लाख भन्दा माथि थियो भने यो साताको अन्तिम कारोबार शुक्रबारसम्म आइ पुग्दा सुनको मूल्य ३ लाख बाट […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६४ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ […]

राजस्व सङ्कलन १५.४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज ७ गतेसम्ममा सरकारले  २ खर्ब २ अर्ब ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो सङ्कलन गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा १५.४ प्रतिशतले बढी हो। गत वर्षको असोज ७ गतेसम्म  १ खर्ब ७५ अर्ब ६३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। अघिल्लो वर्षको तुलनामा सुधार […]

३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेड (केएससीएल) ले ३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। कम्पनीले बिहीबार सूचना जारी गर्दै युरिया ४६–०–० खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो। कम्पनीका अनुसार बोलपत्रमा सबै देशका योग्य आपूर्तिकर्ताले सहभागिता जनाउन सक्नेछन्। बोलपत्रअनुसार खरिद गरिने मल कोलकाता वा हल्दिया […]

दुई महिनामा व्यापार घाटा करिब साढे ३ खर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको व्यापार घाटा २६ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ  पुगेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा  २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ रहेको व्यापार घाटा चालु आवको साउन र भदौमा ह्वात्तै बढेको हो। यसपटकको वैदेशिक व्यापारमा आयात र निर्यात […]

डलर, पाउण्ड र युरो सहित यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ […]