साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुने, उपभोक्ताको सहभागितामा उछाल

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदैछ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्नेछ। साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी हुनेछन्। विभागका अनुसार सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी […]

साउनमा ९३ अर्ब बढी राजस्व संकलन, बजेट खर्च १.९७ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा सरकारको आम्दानी रु ९३ अर्ब ४३ करोड ६३ लाख हाराहारी देखिएको हो । जुन गत आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा करिब १० प्रतिशत अर्थात् रु आठ अर्ब २४ करोडले […]

डलरको मूल्य स्थिर, युरो र पाउण्डको मूल्य बढ्दा कुन देशका विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा नै रहेको थियो […]

नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या क्याम्पसकी प्रध्यापक भगवती सेढाइले नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउनेभन्दा उपलब्ध सम्भावनालाई पहिचान गर्दै आशा र आत्मविश्वास बढाउनुपर्ने बताएकी छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा शिप र उद्यमशीलताको खाडल पुर्ने’ संवादमा बोल्दै उनले यस्तो बताइन् । […]

५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती

काठमाडौं । उद्यमी तथा नाइमाका संस्थापक सौरभ ज्योतीले नेपालमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाउँदै आगामी ५ देखि १० वर्षमा अटोमोबाइल क्षेत्रलाई ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिने बताएका छन्। नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा शिप र उद्यमशीलताको खाडल पुर्ने’ शिर्षकमा आयोजित संवादमा उनले यस्तो […]

देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा

काठमाडौं । उद्यमी तथा सांसद विदुषी राणाले नेपालबाट विदेशिनु नेपाली युवाको बाध्यता नभई रोजाइ बन्नुपर्ने बताएकी छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा शिप र उद्यमशीलताको खाडल पुर्ने’ संवादमा बोल्दै उनले देशभित्र पर्याप्त अवसर र रोजगारी सिर्जना गर्न नसक्दा युवाहरू विदेशिन बाध्य भइरहेको […]

डलर, युरो र पाउण्डको मूल्य बढ्यो, अन्य कुन देशको विनियमरद कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अधिकांश विदेशी मुद्राको विनिमिदर बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन […]

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

काठमाडौं । सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि रु ५० लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा […]

नेपाल टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो, ८ अर्ब ८६ करोड नाघ्यो

काठमाडौं । नेपाल टेलिकमको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म खुद मुनाफा ४७.५८ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा टेलिकमले ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो। गत वर्षको तुलनामा यस वर्ष […]

शनिबार बिदाका दिन उपत्यकाको विभिन्न स्थानबाट ग्यास वितरण गरिदै (फोटोफिचर)

काठमाडौं । नेपाल आयल निगमले शनिबार उपत्यकाका विभिन्न स्थानबाट ग्यास बिक्री गरिरहेको छ । उपभोक्ताले खाना पकाउने एलपी ग्यासको चरम अभाव खेपिरहेका कारण सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाको विभिन्न स्थानबाट ग्यास वितरण गरेको हो । पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्यासको चरम अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको […]