४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुँदै

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि ४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुन थालेको छ । उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न उद्योगबाट उठ्न बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि करोडौँ रुपैयाँ असुली भएको हो । उद्योगमन्त्री गौरी कुमारी यादवले वर्षौँदेखि राज्यलाई तिर्नुपर्ने रकम […]

इलाममा राजस्व सङ्कलन आधाले घट्यो, दुई अर्बभन्दा बढी बजेट फिर्ता

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा इलाममा राजस्व सङ्कलनमा भारी गिरावट आएको छ । आव २०८२/८३ मा रु ५२ करोड ८६ लाख ५८ हजार ३७८ मात्र राजस्व सङ्कलन भएको छ । सङ्घीय र कोशी प्रदेशका कार्यालयहरूमार्फत सो परिमाणमा राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामले जनाएको छ । यो अघिल्लो आव […]

बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको […]

बैंकिङ प्रणालीमा अधिक तरलता ३० अर्व निक्षेप संकलन गर्दे राष्ट्र बैंक

काठमाडौं ।बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले शुक्रबार ३० अर्बको १ महिना निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले ३५ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड […]

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य बढेको छ भने युरो र पाउण्डको घटेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ […]

क्रिप्टोकरेन्सीमा गिरावटपछि डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी लाई २३ करोड ८० लाख डलर घाटा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपले अप्रिलदेखि जुनसम्मको अवधिमा २३ करोड ८० लाख डलर (करिब १७ करोड ६० लाख पाउन्ड) घाटा व्यहोरेको छ। कम्पनीले मिडियाभन्दा बाहिरका क्षेत्रमा, विशेषगरी क्रिप्टोकरेन्सीलगायतका व्यवसायमा विस्तार गरेपछि घाटा बढेको हो। ट्रम्पको सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल सञ्चालन गर्ने कम्पनीका अनुसार अघिल्लो वर्षको […]

एकल वा दम्पत्ति भएमा १० लाख देखि ६० लाखसम्म कमाँउदा तपाईले कति तिर्ने आयकर ? विस्तृतमा

काठमाडौं ।सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि  व्यक्तिको आयकर दर सार्वजनिक गरिएको छ। आयकर ऐन, २०५८ अनुसार प्राकृतिक व्यक्तिको करयोग्य आयमा विभिन्न स्ल्याबअनुसार १ प्रतिशतदेखि २९ प्रतिशतसम्म आयकर लाग्ने व्यवस्था गरिएको छ। व्यक्तिगत रूपमा कर तिर्ने एकल व्यक्ति तथा दम्पतीका लागि प्रस्तुत गरिएको विवरणअनुसार वार्षिक १० लाख रुपैयाँसम्मको करयोग्य आयमा १ प्रतिशत आयकर लाग्नेछ। यसअनुसार […]

विदेशबाट फर्किएर गड्यौला मल बेचेर वार्षिक २२ लाखसम्म आम्दानी

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले थिलथिलो बनाएको समाजमा सीप र मेहनतले जुनसुकै पेसा गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन्। चौध वर्षदेखि घरमै सञ्चालन गरेको फर्मबाट उत्पादन गरेको […]

आन्दोलनमा अर्थ मन्त्रालयको कागजातमा क्षति पुगेको छैन : अर्थ सचिव उपाध्याय

काठमाडौं । अर्थ सचिव डा. घनश्याम उपाध्यायले २०८२ भदौ २३ र २४ को आन्दोलनका दौरान अर्थ मन्त्रालयको कागजातमा क्षति नपुगेको बताएका छन् । लेखा समितिको मंगलबारको बैठकमा अर्थ सचिव उपाध्यायले मन्त्रालय अन्तर्गत राजस्व तथा कागजातमा कुनै पनि प्रकारको क्षति नभएको स्पष्ट पारेका हुन् । उनले सो दिनमा पनि खर्च र आम्दानीका सबै प्रणालीहरू निरन्तर चलेको […]

अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पुर्‍याउन सहजिकरण छ । असाहय, अशक्त, अपाङ्, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थीलाई सो सङ्ख्यामा ग्यास घरमा पुर्‍याइएको हो । गत एक सातामा प्रशासनको टोल फ्रि नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका […]