अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पुर्‍याउन सहजिकरण छ । असाहय, अशक्त, अपाङ्, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थीलाई सो सङ्ख्यामा ग्यास घरमा पुर्‍याइएको हो । गत एक सातामा प्रशासनको टोल फ्रि नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका […]

चार बर्षको लागि १० अर्व आन्तरिक ऋण उठाउदै सरकार

काठमाडौं । चाँलु आर्थिक बर्षको पहिलो महिनामा सरकारले विकास ऋणपत्र  मार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ  । परिपक्व अवधि ४ वर्ष रहेको सो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०८७’ नाम दिइएको छ । ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

४ हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब ४ हजार बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ । समितिका अध्यक्ष अध्यक्ष डिल्लीराज आचार्यका अनुसार समिति गठन भइसकेपछि पूर्ण र आंशिक तथा बचत मिलानमार्फत हालसम्म उक्त सङ्ख्याका बचतकर्ताको समस्या समाधान गरिएको हो । उनले भने,“हामीसँग ७६ हजार बचतकर्तालाई करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व छ । […]

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड बढी राजस्व असुली गरेको छ ।उपमहानगरपालिकाले बक्यौता असुलीमा कडाइ गरेपछि गत आर्थिक वर्षमा रु १७ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु २० करोड ३७ लाख एक हजार ५५९ राजस्व असुली गरेको हो । आव २०८१/८२ को तुलनामा रु तीन करोड ७२ लाख […]

बहुराष्ट्रिय कम्पनीहरुलाई अर्थमन्त्रीले भने : नेपालमा वैध रूपमा गरिएको लगानीको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले सरकारले कर तिर्नेलाई केवल राजस्वको स्रोतका रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्ने बताएका छन् । उनले नेपालमा इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउनु सरकारको दायित्व भएको र यसमा सरकारले काम अघि बढाएको बताए । सोमबार नेपालमा रहेको बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुसँगको छलफलको क्रममा उनले सो कुरा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको अवधिमा एक करोड २० लाख सात हजार बक्यौता उठाएको छ । शाखाले आर्थिक वर्ष २०८२/८३ मा ७७१ ग्राहकबाट उक्त बक्यौता उठाएको हो । प्राधिकरणको खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार सरकारी कार्यालयबाट मात्र चार लाखभन्दा बढी बक्यौता उठाएको छ । प्राधिकरणले सदरमुकाम खाँदबारी […]

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड छ लाख १९ हजार ३१९ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी हो । कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले कार्यालयले गत आर्थिक वर्षका लागि रु ९० लाख ९५ हजार राजस्व सङ्कलनको लक्ष्य पाएकामा लक्ष्यभन्दा १६ दशमलव ७६ […]

चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयको रु छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन भएको छ । उक्त कार्यालयका सूचना अधिकारी […]