गैरआवासीय नेपाली संघले बाढीपीडितलाई ५ करोड सहयोग गर्ने

काठमाडौं । गैआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित परिवारको उद्धार, राहत र अन्य सहयोग समेत गरी तत्काल ५ करोड रुपैयाँ बराबर आर्थिक सहयोग गर्ने भएको छ । संघको आकस्मिक बैठकले अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार मूल समिति गठन गर्ने निर्णय गरेको छ । आर्थिक सहयोग संकलन गर्न […]

भोटेकोसी बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग

काठमाडौं । हिजो बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड आर्थिक सहयोग प्रदान गर्ने एनसेलले  घोषणा गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित आम सर्बसाधारणको तत्काल उद्धार, राहत तथा […]

एक वर्षमा भित्रियो साढे २३ खर्बभन्दा धेरै रेमिट्यान्स

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटे पनि नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) भने उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ […]

देशको करिब १० प्रतिशत विद्युत् उत्पादन क्षमता प्रभावित

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ । बाढीबाट विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेपछि विद्युत् आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज […]

रसुवागढी भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी तथा उद्धार जारी

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका १४ कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। भन्सार कार्यालयमा कार्यरत कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन् भने बाँकीको खोजी तथा उद्धार कार्य जारी रहेको छ। रसुवा भन्सार कार्यालयमा कुल ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेको छ। प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारी सम्पर्कमा रहेको […]

रसुवा बाढी भन्सार कार्यालय र मातहतका निकायसँग समन्वय हुदै

काठमाडौं । अर्थ मन्त्रालयले रसुवाको टिमुरे र स्याप्रुबेँसी आसपास भीषण वर्षाका कारण आएको ठूलो बाढीका कारण त्यहाँ रहेका भन्सार कार्यालय र निकायसँग सम्र्पक गर्ने काम गरिरहेको छ । भन्सार कार्यालय र मातहतका निकायसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय,भन्सार विभागका महानिर्देशक यमलाल भुषाल र अर्थमन्त्रालय प्रशासन सहितको उच्चस्तरीय नेतृत्वबाट खोज तथा उद्धार लगायतका काममा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियमदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ […]

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा

काठमाडौं । घुमारचोक र लप्सेका किसानहरू इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ । इस्कुसको मुन्टादेखि जरा (तरुल)सम्म बिक्री गरेर आम्दानी लिन पाइने भएपछि इस्कुस खेतीमानै रमाउन थालेका हुन् । पहिला यहाँका जनताले जीवन चलाउन दाउरा बेच्नुपर्थ्यो । तर इस्कुसखेतीमा रमाउन थालेपछि यहाँका अधिकांश किसानको जीवननै बदलिएको छ । अहिले त उनीहरुसँग जेठदेखि मङ्सिरसम्म रुपैयाँको कमी […]

‘करदाता पोर्टल’को नयाँ संस्करण परीक्षण प्रयोगमा, अनलाइन सेवा थप सहज हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई प्रदान गर्ने सेवा थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले ‘करदाता पोर्टल’को नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ। विभागले मंगलबारदेखि नयाँ पोर्टलको परीक्षण सुरु गरेको हो। विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साविकको करदाता पोर्टल पनि यथावत् सञ्चालनमा रहनेछ। विभागका अनुसार नयाँ पोर्टल ‘डिजाइन […]