मेची भन्सार कार्यालयको राजस्व सङ्कलन लक्ष्यको ९३ प्रतिशत

काठमाडौं । राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व सङ्कलन गरेको छ । पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशतमा पुगेको छ । उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रु १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० […]

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा

काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित साधारणसभा बोलाएको छ । कम्पनीले छैठौँ साधारणसभा आगामी भदौ १३ गतेका लागि साधारणसभा बोलाएको हो । उक्त सभा झापाको विर्तामोडस्थित इन्द्रेनी ब्याङ्क्वेटमा बिहान ११ बजे देखि सुरु हुने छ । उक्त साधारणसभाले कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) […]

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उच्च आर्थिक वृद्धि, औद्योगिकीकरण, निर्यात विस्तार र वैदेशिक लगानी आकर्षित गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण तथा प्रभावकारी सुशासन आवश्यक रहेको बताएका छन्। नेपाल अडिटर्स एसोसिएसनको २१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले पारदर्शी वित्तीय प्रणाली र विश्वसनीय लेखापरीक्षण दिगो आर्थिक विकासका आधारस्तम्भ भएको बताए। उनले सुशासनले […]

आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । मन्त्रीपरिषद्को बुधबारको बैठकले उनलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । धनुषाको नगराइन नगरपालिका–३ निवासी चार्टर्ड एकाउन्टेन्ट साहले यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् । साह खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा […]

कर्मचारीहरूको नयाँ तलबमान लागू, मुख्य सचिवले मासिक ९० हजार ५९४ तलब बुझदा अन्यले कति पाउने छन् ? विस्तृतमा

काठमाडौं । नेपाल सरकारले संवत् २०८३ साल साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारीसहित विभिन्न सरकारी सेवाका कर्मचारीहरूको नयाँ तलबमान, ग्रेड तथा प्रोत्साहन भत्ता लागू गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को २०८३ साउन ६ गते बसेको बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको हो। यसबारे सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई […]

यस्तो छ बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको […]

‘फ्री भिसा–फ्री टिकट’ नीति कागजमै सीमित व्यवहारमा कार्यान्वयन हुन सकेन : श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागि लागू गरिएको ‘फ्री भिसा–फ्री टिकट’ नीति व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएका छन्। बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले विगत १० वर्षदेखि यो नीति कागजमै सीमित रहेको र अधिकांश नेपाली श्रमिकले यसको लाभ नपाएको बताए। उनका अनुसार वार्षिक करिब […]

ईपीएसमा कुनै ‘लुपहोल’ छैन : श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) पूर्ण रूपमा पारदर्शी रहेको र त्यसमा कुनै पनि प्रकारको अनियमितता वा ‘लुपहोल’ नरहेको बताएका छन्। बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले ईपीएसमार्फत रोजगारदाताले उमेर, सीप र भाषा दक्षताका आधारमा स्वचालित प्रणालीबाट श्रमिक छनोट गर्ने भएकाले […]

भूमिहीनलाई कूल ७२ हजार ७०६.०६ वर्गमिटर क्षेत्रफल बराबरको जग्गा वितरण

काठमाडौं । भूमि समस्या समाधान समितिले देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिका अनुसार गत जेठ २० गतेदेखि हालसम्म भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासो भएकालाई ११२ कित्ता जग्गाको जग्गाधनी पुर्जा वितरण गरिएको हो । यसअन्तर्गत कूल ७२ हजार ७०६.०६ वर्गमिटर क्षेत्रफल बराबरको जग्गा वितरण भएको छ । लाभग्राहीमध्ये […]