जस्मिन पेन्ट्सले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । जस्मिन पेन्ट्सले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ बिक्रीका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर बिक्री गर्न सेबोनसँग अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

मंसिर ७ गतेदेखि आईपीओ निष्काशन गर्दै सोलु हाइड्रोपावर

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये […]

फेदीखोला हाइड्रोपावर कम्पनीले १७ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत १७ लाख ६० हजार साधारण शेयर निष्काशन गर्ने भएको छ । उक्त साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । अधिकृत तथा जारी पूँजी ८० करोड रहेको उक्त हाइड्रोपावरले जारी पूँजीको २२ […]

१ अंकले नेप्से बढ्दा घट्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक  १.१३ अकंले बढेको छ । बजार २५४५.७३ मा पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनी ५० हजार ६२१ पटकको कारोबार हुँदा ७६ लाख ५ हजार  कित्ता  सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ३ अर्ब ४९ करोड ९८ लाख रहेको थियो । बुधबारको […]

लघुवित्त संस्थाहरुको नाफामा भारी सुधार, प्रतिसेयर आम्दानी ५० रुपैयाँसम्म, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेका २१ वटा लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार यी संस्थाहरुको नाफामा भारी सुधार देखिएको छ । २१ वटा लघुवित्तले ३ महिनामा ६१ करोड ७१ लाख नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ७६९ प्रतिशत धेरै हो । गत वर्षको असोजमा […]

२०.५६ अंकले घट्यो नेप्से , कारोबार रकममा सुधार

काठमाडौं । बुधबार नेप्से परिसूचक २०.५६ अंकले घटेको छ । बजार २५४४.५९ पुगेर बन्द भएको छ । ३२१ वटा कम्पनी ६६ हजार ८२४ पटकको कारोबार हुँदा ८४ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ३ अर्ब ८४ करोड ८५ लाख  रहेको छ । मंगलबारको तुलनामा यो रकम २२ करोड ५४ […]

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ४० प्रतिशत बोनस सेयर घोषणा

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । त्यसैगरी, बोनस सेयर वितरण पछि कायम हुने पुँजीमा […]

हयात होटलले सबै कर्मचारी बर्खास्त गर्ने

काठमाडौं । हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ । होटलमा १ सय ३३ मजदुर रहेको होटलले जनाएको छ । होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशासधन विभागलाई पत्र लेखेर अहिले होटल बन्द भएको, मर्मतसम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको भन्दै […]

ग्लोबल आइएमई बैंकको साधारणसभा आज, लाभांश पारित गरिंदै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा आज कात्तिक २६ गते बुधबार बिहान १० बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दैछ। उक्त साधारणसभाले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) सेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन […]

रिभर फल्स पावरको अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको १० लाख ३८ हजार ९२४ कित्ता अवितरित सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेर कम्पनीका विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी वा संघसंस्था लगायत इच्छुक सबैले किन्न […]