रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली असोज २३ गते एक दिनका लागि बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । रिज लाइन […]

नेशनल लघुवित्तको ५१ हजार बढी कित्ता संस्थापक सेयर बिक्री

काठमाडौं । नेशनल लघुवित्तले संस्थापक समूहको ५१ हजार भन्दा बढी कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गरेर ७ जना संस्थापकको नाममा रहेको ५१ हजार २९ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक […]

कुमारी बैंकको १ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा, मूल्य कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यस अघि संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको उक्त सेयर संस्थापकले आवेदन नदिए पछि आम सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्त वा संस्थाले १५ दिन भित्र आवेदन दिनु पर्ने छ । संस्थापक शेयर खरिद गर्ने पहिलो […]

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाइन्छ आवेदन ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी प्रदिप चन्द्र पोखरेलको नाममा रहेको ९ हजार ९२३.३६ कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थापक समूहको सेयर खरिद/बिक्री गर्दा आफ्नै संस्थापकलाई पहिलो प्राथमिकता दिनु पर्ने व्यवस्था भएकाले उक्त सेयर हाललाई बैंककै विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको थियो । तर, […]

नेपाल फाईनान्सको २ लाख ३१ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले २ लाख ३१ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका दुई जना संस्थापकको नाममा रहेको २ लाख ३१ हजार ४०३ कित्ता सेयर बिक्रीमा राखेको हो । फाइनान्सका संस्थापक सेयरधनी विजय बहादुर मानन्धरको स्वामित्वमा रहेको २ लाख २६ हजार ४०३ कित्ता तथा मिरा अग्रवालको स्वामित्वमा रहेको ५ […]

चलचित्र विकास बोर्ड अध्यक्षका लागि ११ जनाको आवेदन स्वीकृत, असोज २५ र २६ गते अन्तर्वार्ता हुने

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि ११ जना उम्मेदवारहरूको आवेदन स्वीकृत भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले स्वीकृत उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक गर्दै सिंहदरबारस्थित मन्त्रालयमा आगामी असोज २५ गते आइतबार र असोज २६ गते सोमबार अन्तर्वार्ता  हुने जनाएको छ। कार्यतालिका अनुसार असोज २५ गते आइतबार बिहान ११:०० देखि […]

उत्पादन र प्रशोधन समूहले घटायो शेयर बजार, करिब ६१ करोडले बढ्यो कारोबार

काठमाडौं । मंगलबार बढेको शेयर बजार बुधबार घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा पुगेर बन्द भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स ०.६३ अंकले घटेर ४६१.२२ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.२ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.१९ अंकले घटेको हो । बुधबार ३५९ वटा […]

लुम्बिनी विकास बैंकको साढे १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले साढे १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख ५१ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा सर्वसाधारण लगानीकर्ता र संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन् । यसका लागि १५ दिनको समय दिइएको छ । यस अवधिभित्र योग्य लगानीकर्ताले काठमाडौंको […]

प्रभु महालक्ष्मी लाइफको १३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनी नवराज अधिकारीको नाममा रहेको १३ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । अधिकारीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिएअनुसार सो उक्त सेयर बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ । संस्थापक सेयरमा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान […]

बेनी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार सेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । अब यस कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, सेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु प्रभु क्यापिटल मार्फत हुनेछन् ।