Global College

एनभिडियाको शेयरमा एकैदिन ३१.६ प्रतिशतको उछाल, बजार पुँजीकरण ९५५ अर्ब डलरले बढ्यो

काठमाडौं । अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) चिप निर्माता कम्पनी एनभिडियाको शेयरमूल्यमा सोमबार एकैदिन ३१.६ प्रतिशतको उछाल आएको छ। यो वृद्धिसँगै कम्पनीको बजार पुँजीकरण ९५५ अर्ब डलरले बढेको छ। विश्व शेयर बजारको इतिहासमा कुनै पनि कम्पनीको बजार पुँजीकरणमा एकैदिन भएको यो अहिलेसम्मकै ठूलो वृद्धि हो।

सोमबार कारोबारका क्रममा एनभिडियाको शेयरमूल्य ३६ प्रतिशतसम्म बढेको थियो। कारोबारको अन्त्यमा भने शेयरमूल्य ३१.६ प्रतिशतको वृद्धिसहित बन्द भएको थियो। कम्पनीको शेयरमा आएको उछालले अमेरिकी शेयर बजारलाई समेत सकारात्मक प्रभाव पारेको छ।

एनभिडियाको शेयरमूल्यमा भएको वृद्धिका कारण एसएन्डपी ५०० सूचकांक ४.७ प्रतिशतले बढेको छ। यो अप्रिल २०२५ पछिको उक्त सूचकांकको सबैभन्दा राम्रो एकदिने प्रदर्शन हो। यसले अमेरिकी शेयर बजारको समग्र बजार पुँजीकरणमा ३ खर्ब डलरभन्दा बढीको वृद्धि गराएको छ।

यसअघि गत जुलाईमा माइक्रोसफ्टको बजार पुँजीकरण एकैदिन ४५० अर्ब डलरले बढेको थियो। तर एनभिडियाले सोमबार हासिल गरेको वृद्धि त्यसको दोब्बरभन्दा बढी हो। विश्वभरका १५ वटा कम्पनीको मात्रै बजार पुँजीकरण एनभिडियाको एकदिने वृद्धिभन्दा बढी रहेको छ।

शेयरमूल्यमा आएको तीव्र वृद्धिले एनभिडियाका संस्थापक जेन्सेन हुआङको सम्पत्तिमा पनि उल्लेखनीय वृद्धि भएको छ। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार ६३ वर्षीय हुआङको कुल सम्पत्ति एकैदिन ३१.७ अर्ब डलर अर्थात् ३०.१ प्रतिशतले बढेर १३७ अर्ब डलर पुगेको छ। यससँगै उनी विश्वका धनी व्यक्तिहरूको सूचीमा १३औँ स्थानमा उक्लिएका छन्। एनभिडियामा हुआङको करिब ३.५ प्रतिशत स्वामित्व रहेको छ। यद्यपि, यस वर्ष उनको कुल सम्पत्ति १८.३ अर्ब डलरले घटेको तथ्यांक छ।

हुआङले सन् १९९३ मा एनभिडिया स्थापना गरेका थिए। उनको नेतृत्वमा कम्पनी विश्वकै अग्रणी एआई चिप निर्माता बन्न सफल भएको थियो। एनभिडिया ५ खर्ब डलर बजार पुँजीकरण पुग्ने विश्वकै पहिलो कम्पनीसमेत बनेको थियो।

एनभिडियामा हुआङको पुनरागमनको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कसहित विभिन्न प्रभावशाली व्यक्तित्वले माग गरेको समाचारमा उल्लेख छ। सुरुमा कम्पनीको सञ्चालक समितिले उक्त माग अस्वीकार गरे पनि अन्ततः बढ्दो दबाबका कारण नेतृत्वमा उनको पुनरागमन भएको दाबी गरिएको छ।

एआई प्रविधिको तीव्र विस्तारसँगै एनभिडियाका चिपको माग बढिरहेको अवस्थामा हुआङको नेतृत्वले कम्पनीको भविष्यमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

NECO

Leave Your Comment

Related News