काठमाडौं । आइतबार देखि घटेको सनुको मूल्य बुधबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ तोकिएको छ । यो सँगै मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो । मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ तोकिएको थियो । सोमबार भने सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ र
मा कारोबार भएको थियो । आइतबार भने १ हजार ५०० रुपैयाँले घटेर सुन २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बुधबार चाँदीको मुल्य ११० रुपैयाँले घटेको छ । यो सँगै बुधबारका लागि चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँ तोकिएको छ । मंगलबारका लागि चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो । सोमबार भने चाँदी प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।



