काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य १ हजार १ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा खरिदबीक्र भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज, चाँदी पनि ८० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ६ सय रुपैयाँ थियो ।



