एनसेल र सामसङबीच सहकार्य, विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्मको छुट

काठमाडौं । एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरुलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुटको सुविधा उपलब्ध गराउने भएको छ। यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरणहरुको खरिदमा ग्राहकले अब अतिरिक्त छुट समेत पाउछन्। नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न […]

रामाडा बाइ विन्डह्याम इटहरीको गन्तव्य प्रवर्द्धन यात्रा: पूर्वी नेपाललाई पर्यटनको केन्द्रमा ल्याउने प्रयास

काठमाडौं । सन् २०२६ जनवरीमा सञ्चालनमा आएदेखि अन्तर्राष्ट्रिय रूपमा परिचित विन्डह्याम होटल्स एन्ड रिसोर्ट्सअन्तर्गतको रामाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालमा आतिथ्य गन्तव्यका रूपमा आफ्नो पहिचान स्थापित गर्दै आएको छ। यद्यपि, यस क्षेत्रको प्रवर्द्धन गर्ने यसको प्रयास होटल सञ्चालनमा आउनुअघि नै सुरु भएको थियो। आफ्ना सामाजिक सञ्जालका माध्यमबाट रामाडाले पूर्वी नेपालका विभिन्न गन्तव्यहरूलाई उजागर गर्दै यस […]

भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै

काठमाडौं । नेपालमा भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले २०८३ असोज २६ गते (अक्टोबर १२, २०२६) नयाँ १५० सीसी भेस्पा स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ। उक्त स्कुटर कम्पनीको काठमाडौंस्थित त्रिपुरेश्वर शोरुममा सार्वजनिक गरिनेछ। आगामी कार्यक्रमसँगै नेपालमा भेस्पाको स्कुटर सूचीमा थप एउटा मोडल जोडिनेछ। भेस्पाको छुट्टै इटालियन डिजाइन र राइडिङ अनुभव रोज्ने ग्राहकहरूका लागि […]

अल्टिच्युड एयरको क्रेडिट रेटिङ नकारात्मक निगरानीबाट हट्यो, वित्तीय अवस्था र सञ्चालन आम्दानीको विस्तृत विश्लेषण

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी अल्टिच्युड एयर प्राइभेट लिमिटेड को बैंक कर्जा सुविधाको रेटिङ पुनः पुष्टि गर्दै यसअघि कायम राखिएको ‘नकारात्मक असरसहितको क्रेडिट वाच’ (Credit Watch with Negative Implications) बाट आधिकारिक रूपमा हटाएको छ। २०८२ कात्तिक १२ (२९ अक्टोबर २०२५) मा कम्पनीको एउटा हेलिकप्टर दुर्घटनामा परेको […]

दसैंका लागि बस सेवामा अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । नेपालको अग्रिणी अनलाइन बस टिकट सेवा प्रदायक बस सेवाले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । बस सेवाले बिहीबारदेखि नै अग्रिम बस टिकट बुकिङ खुला गरेको जनाएको छ । यसअघि गत मंगलबार यातायात व्यवस्था विभागले दसैंका लागि २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । विभागको निर्णयअनुसार नै […]

माछापुच्छ्रे बैंकलाई दुई अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा गरेको कामका लागि दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ। बैंकले ‘इन्टरनेसनल बैंकिङ इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा ‘विजेताको पुरस्कार’ प्राप्त गरेको हो। ग्राहकको खाता खोल्ने प्रक्रियालगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउन सञ्चालन गरिएको ‘रिइन्भेन्टिङ कस्टमर […]

दशैंमा जाने उडानको अपर क्लास भाडा बन्द, फर्कने उडानमा न्यून भाडा

काठमाडौं ।   यती एअरलाइन्सले बडादशैंलाई मध्यनजर गर्दै जाने उडानको भाडामा माथिल्लो वर्ग (अपर क्लास) को भाडा बन्द गरेको छ । दशैंका बेला फर्कने उडान (Return Leg) खाली हुने तथा इन्धन खर्च अत्यधिक हुने भए तापनि जाने यात्रुको चापलाई ध्यानमा राखेर यो निर्णय गरिएको कम्पनीले जनाएको छ । फर्कने उडान (Return Flight) मा भने न्यून मूल्यमै […]

दशैं–तिहार लक्षित भिभोको नयाँ अफर, स्मार्टफोन खरिदमा १० हजार रुपैयाँसम्मको नगद छुट र थाइल्यान्ड भ्रमणको मौका

काठमाडौं ।  दशैं र तिहारको रौनक बढेसँगै भिभोले “भिभो फेस्टिभ सेयर“ नामक विशेष अभियान उत्सव सार्वजनिक गरेको छ । “तपाईंको सानो साथ, कसैको ठूलो चाड” भन्ने मूल अभिधारणा सहित सञ्चालन भइरहेको यस अभियानअन्तर्गत भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न उपहारसहित १० हजार रुपैयाँसम्मको नगद छुट भाउचर र थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन्। असोज १५ देखि […]

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौं । एनसेलका ग्राहकले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुट र ‘बाइ वान गेट वान’ अफर पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकलाई यस्तो सुविधा उपलब्ध गराइएको हो। ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम […]

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा बढुवा गरेको हो । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका […]