मोबाइल फोन आयातकर्ताबाट बाढीपीडितका लागि ३१ लाख सहयोग
काठमाडौं । मोबाइल फोन इम्पोटर्स एशाेसिएशन (एमपीआईए) ले रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ३१ लाख रुपैयाँ सहयोग गरेको छ । एशाेसिएशन ले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम बुधवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको […]

