काठमाडौं । एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरुलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुटको सुविधा उपलब्ध गराउने भएको छ।
यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरणहरुको खरिदमा ग्राहकले अब अतिरिक्त छुट समेत पाउछन्।
नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्।
यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म आफ्नो खर्च बचत गर्न सक्नेछन्। ग्राहकले प्राप्त गर्ने अतिरिक्त छुट ५ प्रतिशत, ८ प्रतिशत वा १२ प्रतिशत उनीहरुले लिएको प्याक वा रेन्टल प्याकमा निर्भर हुन्छ।
एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा उक्त सहकार्यलाई औपचारिक रूप दिइएको छ । यस सहकार्यले ग्राहकलाई थप लाभ प्रदान गर्ने र सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउने दुवै कम्पनीहरुले साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।यो अफर असोज २२ देखि कार्तिक ३० सम्म लागू हुनेछ । यस अवधिमा दसैँ, तिहार र छठलगायतका प्रमुख चाडपर्व रहेका छन्। ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच गरी नेपालभरिका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रहरूमा गई यो सुविधा लिन सक्नेछन्।
“एनसेलमा हामीले सधैँ कनेक्टिभिटी सेवामा मात्र सीमित नभई ग्राहकलाई थप मूल्य र लाभ प्रदान गर्ने लक्ष्य राख्दै आएका छौँ। यसै प्रतिबद्धतालाई निरन्तरता दिँदै यस चाडपर्वको अवसरमा सामसङसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ। यस सहकार्यबाट हाम्रा ग्राहकले विश्वासिलो ब्रान्डका घरायसी विद्युतीय उपकरण खरिद गर्दा अतिरिक्त छुटको लाभ लिन सक्छन् ।
यसले चाडपर्वको खुसीलाई अझ बढाउनुका साथै ग्राहकलाई खुसी साट्दै चाडपर्व मनाउन थप उत्साह प्रदान गर्ने विश्वास लिएका छौं ।,” यस सहकार्यबारे आफ्नो धारणा व्यक्त गर्दै एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदाले भने ।
यस सहकार्यले एनसेलको देशव्यापी ग्राहक पहुँच तथा डिजिटल प्लेटफर्मलाई सामसङका उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादन र आधिकारिक बिक्री सञ्जालसँग जोडेको छ। यसले ग्राहक तथा उपभोक्ता अनुभवलाई थप सहज तथा लाभदायी बनाउने उद्देश्य राखेको छ ।
यो अतिरिक्त छुट प्राप्त गर्न योग्य ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गई आफ्नो योग्यता जाँच गर्नुपर्नेछ । त्यसपश्चात्, नेपालभरिका रहेका कुनै पनि सामसङका आधिकारिक बिक्री केन्द्रमध्ये आफूलाई पायक पर्ने केन्द्रमा गई छुट लिन सकिन्छ।




