काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा बुधबार दुवै पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। बहसपछि इजलासले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो। यससँगै मनोजकुमार केसीलाई आईजीपीका रूपमा काम गर्न बाटो खुलेको छ।




