RE
Global College

माछापुच्छ्रे बैंकलाई दुई अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा गरेको कामका लागि दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ।

बैंकले ‘इन्टरनेसनल बैंकिङ इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा ‘विजेताको पुरस्कार’ प्राप्त गरेको हो। ग्राहकको खाता खोल्ने प्रक्रियालगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउन सञ्चालन गरिएको ‘रिइन्भेन्टिङ कस्टमर अनबोर्डिङ’ पहलका लागि बैंकलाई यो सम्मान प्रदान गरिएको बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहक केन्द्रित सेवामा गरेका उत्कृष्ट कामलाई सम्मान गर्दै आएको उक्त अन्तर्राष्ट्रिय पुरस्कारको सन् २०२६ को संस्करणमा विश्वभरबाट नौ विधामा ५०० भन्दा बढी आवेदन परेका थिए।

बैंकले ग्राहकलाई सरल, सहज, छिटो र सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै आएको जनाएको छ। ग्राहकसँगको सम्बन्ध सुधार र डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको बैंकको भनाइ छ।

यसैगरी, माछापुच्छ्रे बैंकले ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ शीर्षकको अर्को अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको छ। इन्डियन च्याम्बर अफ कमर्सले नयाँ दिल्लीमा आयोजना गरेको ‘फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६’ मा बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा तरलता जोखिम व्यवस्थापनमा बैंकले गरेको प्रयासको सम्मानस्वरूप उक्त पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ। यसले सुरक्षित, जिम्मेवार र सावधानीपूर्ण बैंकिङ अभ्यासलाई बैंकले प्राथमिकता दिएको देखाउने बैंकको भनाइ छ।

माछापुच्छ्रे बैंकले पछिल्ला वर्षमा पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दै आएको जनाएको छ। बैंकका अनुसार उसले विगतमा ‘भिसा लिडरसिप कन्क्लेभ अवार्ड’, ‘इन्टरनेसनल बैंकिङ इनोभेसन अवार्ड’ तथा ‘राइजिङ स्टार इन एसेट क्वालिटी अवार्ड’लगायतका सम्मान प्राप्त गरिसकेको छ।

NECO

Leave Your Comment

Related News