Global College

११ अंकले घट्दा पनि २६०० मै नेप्से

काठमाडौं । शेयर बजार आज बुधबार पनि घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा पुगेर बन्द भएको हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स १.०६ अंकले घटेर ४७६.१५ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.५६ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.३४ अंकले घटेको हो ।

बुधबार ३४७ वटा कम्पनीको १ करोड १ लाख ६२ हजार ६०५ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब १५ करोड ४९ लाख पुगेको छ ।जुन मंगलबारको तुलनामा ५७ करोड ६२ लाखले बढी हो । मंगलबार य३५३ वटा कम्पनीको १ करोड १२ लाख ९३ हजार ४५० कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब ७३ करोड ११ लाख पुगेको थियो ।

यसदिन २ वटा उपसमूह बढ्दा ११ वटा उपसमूह घटेको छ । बैंकिङ १ र म्युअुचल फण्ड ०.०३ अंकले बढ्दा विकास बैंक ३६, वित्त २०, होटल र पर्यटन २३, जलविद्युत १७, लगानी ०.१७, जीवन बीमा ४१, उत्पादन र प्रशोधन ५२, लघु्वित्त २४, निर्जिवन बीमा ६२, व्यापार ८० र अन्य समूह ११ अंकले घटेको हो ।

यसदिन ७० वटा कम्पनीको शेयर मूल्य बढ्दा १९९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

त्यसैगरि बुधबार सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ३ दशमलव २६ प्रतिशतका दरले कमाएका हुन् । कुमारी सबल योजनाका इकाईधनीले ३ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । लिबर्टी इनर्जीका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि बुधबार रिलायन्स स्पनिङ मिल्स्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३२ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सेन्ट्रल फाइनान्सको १८ करोड ४० लाख, एनआरएनको १२ करोड २२ लाख, सुपर मदी हाइड्रोपावरको ११ करोड ७४ लाख, घलेम्दी हाइड्रोको १० करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

NECO

Leave Your Comment

Related News