Global College

नेपालमा सबैभन्दा धेरै संख्यामा ५ रुपैयाँको नोट र धेरै मूल्यमा १ हजार रुपैयाँको नोट

काठमाडौं । नेपालमा सबैभन्दा धेरै संख्यामा पाँच रुपैयाँ दरका नोट चलनचल्तीमा रहेको पाइएको छ। तर, कुल रकमका आधारमा भने एक हजार रुपैयाँ दरका नोट सबैभन्दा अगाडि रहेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको तथ्यांकअनुसार पाँच रुपैयाँ दरका ७९ करोड ४६ लाखभन्दा बढी नोट चलनचल्तीमा रहेका छन्। यो अन्य सबै दरका नोटको तुलनामा सबैभन्दा धेरै हो।

त्यस्तै, रकमका आधारमा एक हजार रुपैयाँ दरका नोटको हिस्सा सबैभन्दा ठूलो रहेको छ। एक हजार रुपैयाँ दरका ५५ करोड ४६ लाखभन्दा बढी नोट चलनचल्तीमा रहेको तथ्यांकले देखाउँछ।

राष्ट्र बैंकको तथ्यांकअनुसार एक, दुई, पाँच, १०, २०, २५, ५०, १००, २५०, ५०० र एक हजार रुपैयाँ दरका नोट चलनचल्तीमा रहेका छन्।

कम दरका नोटमध्ये पाँच रुपैयाँका नोटको संख्या उच्च रहे पनि ठूलो दरका नोटले कुल चलनचल्ती रकममा बढी योगदान गरेका छन्। विशेषगरी एक हजार रुपैयाँ दरका नोटले कुल रकममा सबैभन्दा ठूलो हिस्सा ओगटेका छन्।

यसले नेपाली नगद कारोबारमा साना दरका नोटको संख्या धेरै भए पनि कुल मौद्रिक मूल्यमा ठूला दरका नोटको प्रभाव बढी रहेको देखाउँछ।

 

NECO

Leave Your Comment

Related News