Global College

जस्मिन हाइजिन प्रोडक्ट्सको साधारणसभा आह्वान

काठमाडौं । जस्मिन हाइजिन प्रोडक्ट्स लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १ गतेका लागि पहिलो वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभा कम्पनीको सभाहल, विराटगर मोरङमा दिउसो ४ बजे बस्ने छ । सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रगति प्रतिवेदन पारित गर्ने छ । त्यस्तै कम्पनीको आ.व. २०८२/८३ को वासलात तथा आर्थिक प्रतिवेदन पेश गर्ने र सञ्चालक समितिका निर्णयहरु अनुमोदन गर्ने एजेण्डा रहेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ । यसका साथै साधारणसभाबाट पारित /अनुमोदित निर्णयहरु प्रमाणित गर्न प्रतिनिधि समेत तोक्ने छ । त्यस्तै कम्पनीले सञ्चालक समितिको गठन गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्ने छ । सार्वजनिक सेयर निष्काशन गर्ने र सो का लागि अख्तियारी प्रदान गर्ने सम्बन्धी विषयमा छलफल गरि पारित गर्ने छ ।

NECO

Leave Your Comment

Related News