Global College

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात मंसिर ९ गतेदेखि मंसिर २३ गतेसम्म बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा भाग लिन र कम्पनीले दिएको लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले मंसिर २३ गते, बुधबार, द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा ३३ औँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा दिउँसो साढे ४ बजे शुरु हुनेछ । सभाले प्रतिकित्ता १ हजार ५४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदान लगायतका प्रस्तावहरु पारित गर्नेछ। त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा हालसम्म भएका सम्पूर्ण संशोधनहरुलाई समेटी, कम्पनी रजिष्ट्रारको कार्यालयमा तीन दस्तावेजहरुको ढोँचा अद्यावधिक गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

NECO

Leave Your Comment

Related News