Global College

मल्टीपर्पस फाइनान्सको ७ लाख २३ हजार कित्ता शेयर दोस्रो बजारमा विक्री हुँदै

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको ७ लाख २३ हजार कित्ता आधारभूत शेयर दोस्रो बजारमा विक्री हुने भएको छ । कम्पनीको आधारभूत शेयरधनी रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्वामित्वको उल्लेखित कित्ता शेयर विक्री गर्न लागेको हो ।

पछिल्लो समय नेपाल धितोपत्र बोर्डले कम्पनीका आधारभूत शेयरधनीहरुले आफ्नो स्वामित्वको शेयरको १५ प्रतिशत वा सोभन्दा बढी विक्री गर्ने भएमा त्यसको जानकारी ५ दिन अगावै दिनुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार रिलायवल नेपाल लाइफले ३ महिनाभित्र यी शेयर विक्री गर्ने जानकारी कम्पनी समक्ष मंसिर ७ गते गराएको हो ।

NECO

Leave Your Comment

Related News