साताको सेयर : साढे ४ अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं । यो साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । गत साता २५८७.२५ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.१८ प्रतिशत अर्थात ४.५५ अंक बढेर २५९१.८० विन्दुमा बन्द भएको हो । यो साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये तीन कारोबार दिन नेप्से सकारात्मक रहेको थियो भने २ कारोबार […]

१७.१५ अंकले बढ्यो नेप्से,कारोबार रकममा पनि वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार  नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५३ वटा कम्पनीको १ करोड २८ लाख ७६ हजार ७९६ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । विहीबारको तुलनामा कारोबार रकम  ८६ करोड रुपैयाँले बढेको छ। विहीबार […]

एन आई सी एशिया क्यापिटलद्वारा पोखरामा पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । “विश्व लगानीकर्ता सप्ताह, २०२६” को अवसरमा एन आई सी एशिया क्यापिटलले मुद्रा बजार तथा पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम त्रिवेणी इन्टरनेशनल कलेज, पोखरामा सम्पन्न गरेको छ । एन आइ सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा “विश्व […]

मञ्जुश्री फाइनान्सको २० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज २२ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो।  नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण […]

बुद्धभूमी नेपाल हाईड्रोपावरको १८ औँ वार्षिक साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २० गतेका लागि १८ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा बालनट बिस्ट्रो दोचा मार्ग, पानीपोखरी, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । सभाले संचालक समितको तर्फबाट […]

डोलेश्वर भिलेज रिसोर्टको ११औँ साधारणसभा सम्पन्न, ३० प्रतिशत आईपीओ निष्कासनको तयारी

काठमाडौं ।  डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडको ११औँ वार्षिक साधारणसभा सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित रिसोर्टको सभाहलमा सम्पन्न भएको छ। साधारणसभाले कम्पनीको जारी पुँजीको ३० प्रतिशत अर्थात् १६ लाख २० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव अघि बढाएको छ। आईपीओ निष्कासनको अनुमति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदनसमेत दिइसकेको जनाएको छ। […]

नेप्से र कारोबार रकम दुबै सामान्य बढ्याे

काठमाडौं । विहीबार  नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५४ वटा कम्पनीको १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । विहीबारको तुलनामा कारोबार रकम १ अर्ब ८२ करोड रुपैयाँले बढेको छ। बुधबार कारोबार रकम […]

पूँजीबजार सुधारका लागि लगानीकर्ताद्वारा सेबोनमा ६ बुँदे सुझाव पत्र पेस

काठमाडौं । नेपालको पूँजीबजारलाई दिगो, पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउनका लागि लगानीकर्ताहरुले  नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ६ बुँदे नीतिगत सुझाव पत्र पेस गरेका छन्। नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष एस.पी. चौलागाई र सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलद्वारा संयुक्त रूपमा हस्ताक्षरित उक्त ज्ञापनपत्र बोर्ड अध्यक्षसमक्ष बुझाइएको […]

एनएमबि बैंकको लाभांश घोषणा

काठमाडौं ।एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । यस बैंकको असोज २१ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो। साथै, बैंकले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा पनि गरेको छ। […]

सन नेपाल लाइफको ५२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ५२ हजार ८२७ कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थापक बिक्री गर्दा संस्थापक सेयरधनीलाई प्राथमिकता दिनु पर्ने भएकोले उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको समय राखेर सूचना जारी गरिएको छ । उक्त अवधिमा […]