Global College

तेहथुम पावरको वार्षिक साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस १८ गतेका लागि ९ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा अनुपम फुडल्याड एण्ड व्याङ्गकेट, बतिसपुतली, काठमाडौंमा दिउँसो १ बजे सुरु हुने छ । सभामा साधारण प्रस्तावका रुपमा आ.व. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र आगामी वर्षको कार्ययोजना पारित गर्ने छ । त्यस्तै लेखा परिक्षण प्रतिवेदन सहितको २०८३ को असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८३/८४ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धी प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ ।

त्यस्तै विशेष प्रस्तावका रुपमा कम्पनीको प्रबन्ध पत्रको दफा ४ र ६ तथा नियमावलीको नियम १० र २७ मा संशोधन सम्बन्धी प्रस्ताव पारित गर्ने, संञ्चालक समितीको निर्वाचन कार्यक्रम सम्बन्धी प्रस्ताव, संचालकहरुको सुविधा सम्बन्धी प्रस्तावहरु माथि छलफल गरि पारित गर्ने छ । त्यस्तै उपरोक्त प्रस्तावहरु स्वीकृती एवम् अभिलेखको लागि पेश गर्दा नियमनकारी निकाय वा कार्यालयबाट कुनै पनि बिषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

कम्पनीले सभा प्रयोजनका लागि मंसिर १६ गते बुधवार सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । उक्त मिति भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार भई कायम सेयरधनीहरुले मात्रै साधारणसभामा भाग लिन पाउनेछन् ।

NECO

Leave Your Comment

Related News