काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले पुस ४ गतेका लागि २१ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।
उत्त सभा सुनसरी उद्योग वाणिज्य संघ, धरानमा बिहान १० बजे सुरु हुने छ । सभामा सामान्य प्रस्तावका रुपमा संचालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षको आ.व. २०८२/०८३ को वार्षिक प्रतिबेदन उपर छलफल गरी पारित गर्ने । त्यस्तै लेखापरिक्षकको प्रतिबेदन सहितको २०८३ असार मसान्तको वासलात, २०८२ साउन १ गतेदेखि २०८३ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रबाह विवरण पारित गर्ने ।
त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/०८४ को हरहिसाब लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/०८३ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु.१,२१,७१,००,०००।– (अक्षरेपी एक अर्व एक्काइस करोड़ एकहत्तर लाख ) को ६ प्रतिशत नगद लाभांश रु.७,३०,२६,०००।– (सम्पूर्ण (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) स्वीकृत गर्ने र बैंकको नियमावली बमोजिम संस्थापक सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने छ ।
सभाले विशेष प्रस्तावका रुपमा बैंकको अधिकृत पूँजी वृद्धि गरी रु.१,५०,००,००,००० (एक अर्ब पचास करोड मात्र) पुरÞ्याउने, संचालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरुलाई आ.व. २०८२/०८३ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु १,२१,७१,००,०००।– (अक्षरेपी एक अर्व एक्काइस करोड एकहत्तर लाख) को ५ प्रतिशत बोनस सेयर रु.६,०८,५५,०००।– (छ करोड आठ लाख पचपन्न हजार रुपैयाा मात्र) बोनश सेयर दिने प्रस्ताव स्वीकृत गर्ने, बैंकको विशेष प्रस्ताव नं. १ र २ बमोजिम बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण प्रवन्धपत्रको दफा ५ (क), ५ (ख), र ५ (ग) मा रहेको विद्यमान व्यवस्थामा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने तथा संशोधनमा नियमनकारी निकायबाट फेलबदलको सुझाव प्राप्त भएमा आवश्यक परिमार्जन, संशोधन तथा समायोजन गर्न सञ्चालक समिति (वा समितिले तोकेको व्यक्ति) लाई अख्तियारी दिने, आ.व. २०८२/०८ ३ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त भएको खर्च कम्पनी ऐन, २०६३ को दफा १०५(१)(ग) को प्रयोजनको लागि अनुमोदन गर्ने र मितेरी डेभललपमेन्ट बैंक लिमिटेड र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।
वार्षिक साधारणसभा तथा लाभांश प्रयोजनको लागि बैंकले मंसिर १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै बैंकले घोषणा गरेको लाभांश र साधारणसभामा भाग लिन पाउने छन् ।



