काठमाडौं । बुधबार नेप्से परिसूचक ८.६६ अंकले बढेको छ । नेप्से २६४७.६१ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५६ वटा कम्पनीको १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ६ अर्ब १४ करोड ६० लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम ५९ करोड ३० लाख रुपैयाँले बढेको छ। मंगलबार कारोबार रकम ५ अर्ब ५५ करोड ३० लाख रुपैयाँ पुगेको थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स २.०६ अंकले बढेको छ । सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ र फ्लोट इण्डेक्स ०.५९ अंकले बढेको छ । यस दिन १० उप समूह बढेका छन् भने ३ समु घटेका छन्। बैंकिङ ०.२४ प्रतिशतले,विकास बैंक ०.९९, वित्त ०.०७, , जलविद्युत ०.८८, लगानी ०.४०, जीवन बीमा ०.५१, म्युअुचल फण्ड ०.२४ निर्जीवन बीमा ०.१०, अन्य समूह ०.१२ र व्यापार समूह ०.५० प्रतिशतले बढेका छन्। होटल्स तथा पर्यटन समूह ०.०४, उत्पादन र प्रशोधन ०.३६ र लघुवित्त ०.०९ प्रतिशतले घटेका छन् ।
यस दिन मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य सर्वाधिक १०.९८ प्रतिशत बढेको छ। त्यस्तै, हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर साढे ३ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन उर्जा विकास कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड ७४ लाख ७६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, कुमारी बैंकको २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको करिब १८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।



