हिम पर्वत हाइड्रोपावरलाई ५९ लाख १५ हजार कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले करिब ६ महिना लामो अन्तरालपछि प्राथमिक सेयर (आईपीओ) निष्कासनको स्वीकृति दिएको छ । बोर्डले मंगलबार हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति दिएको हो। गत वैशाख २ गतेपछि धितोपत्र बोर्डबाट कुनै पनि नयाँ कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका थिएनन् । बोर्डमा नेतृत्वको अन्योल लगायतका कारण रोकिएको आईपीओ […]

आधारभूत सेयरधनीको नियमबारे लगानीकर्ता र धितोपत्र बोर्डबिच ३ घण्टा छलफल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सूचना दिनुपर्ने व्यवस्थाबारे लगानीकर्ताका प्रतिनिधिहरूसँग छलफल गरेको छ। करिब तीन घण्टा चलेको उक्त छलफलमा उक्त व्यवस्थाबाट सिर्जित अन्योल, संस्थापक सेयरको कारोबार तथा दोस्रो बजारका लगानीकर्तामा पर्न सक्ने प्रभावबारे छलफल भएको छ। छलफल तथा सुझाव सङ्कलनमा छलफलमा सेबोनका कार्यकारी निर्देशक रुपेश […]

आज फेरि बढ्यो शेयर बजार, जीवन बीमा समूहले बजार बढ्दा कारोबार रकम घट्यो

काठमाडौं । सोमबार घटेको शेयर बजार मंगलबार बढेको छ । मंगलबजार नेपाल स्टक एक्सचेन्ज , नेप्से ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा पुगेर बन्द भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स २ अंकले बढेर ४६१.८६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.८२ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.७५ अंकले बढेको हो । मंगलबार कारोबार रकम […]

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा, बाहिरिँदै संस्थापक शेयरधनी

काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयरमध्ये आंशिक वा सम्पूर्ण शेयर बिक्री गर्न इच्छा जनाउँदै निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाइएको छैन । उक्त संस्थापक शेयर खरिद गर्न चाहने […]

गुराँस लघुवित्तको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले २०८६ कात्तिक १० गते  साधारण सभा बोलएको छ । संस्थाको सञ्चालक समितिको बैठकले साधारणसभा आउँदो कात्तिक १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा धनकुटा नगरपालिकाको हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश […]

गुराँस लघुवित्तको साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक १० गतेका लागि ११ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा कात्तिक १० गते हिले कान्जिरोवा मकालु होटल, धनकुटा नगरपालिका वडा नं. १, हिले धनकुटामा बिहान ९ बजेदेखि सुरु हुने […]

कुमारी बैंकको ७८ हजार बढी कित्ता सस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ७८ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ७८ हजार ६७७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीहरुका लागि सूचना प्रकाशित गरिएकोमा विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएको हुँदा […]

नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्तिका लागि ४ जनाको नाम सर्टलिस्ट गरिएको छ। अर्थ मन्त्रालयले गठन गरेको सहसचिव महेश आचार्यको संयोजकत्वको सीईओ छनौट तथा सिफारिस समितिले ४ जनाको नाम सर्टलिस्ट गरेको हो। सर्टलिस्टमा पर्नेहरुमा अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी छन्। समितिले गत साउन १२ […]

करिब ६ महिना पछि आईपीओ स्वीकृति अघि बढ्यो, के रोकिएको ३० कम्पनीको ३५ अर्ब ३५ करोड बढीको आईपीओ प्रस्ताव अघि बढ्ला ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले करिब ६ महिना पछि प्राथामिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । करिब ६ महिना देखि रोकिएको आईपीओ निष्कासनको काम गत साता बोर्डले हिम पर्वत हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएसँगै अघि बढेको हो । हिम पर्वतले आईपीओको लागि अनुुमति पाए सँगै आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेको १०४ […]

सिटिजन्स क्यापिटलको २० औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको सोमबार सम्पन्न २०औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो। कम्पनीको रजिस्टर्ड कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, […]