Global College

स्वावलम्बन लघुवित्तको लाभांश आधा घट्यो

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैयाँको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गत वर्ष कम्पनीले ५ दशमलव ६४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ३६ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्षभन्दा यो वर्ष कम्पनीको लाभांश आधाले घटेको हो । यस वर्षको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

NECO

Leave Your Comment

Related News