काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन्।
सोमबार भारतको नयाँ दिल्लीमा प्रधानमन्त्री शाहले राष्ट्रपति मुर्मुसँग शिष्टाचार भेट गरेका हुन्।
यसअघि प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा दुई देशबीच विभिन्न विषयमा समझदारी तथा सहकार्यका सम्झौता भएका थिए।
त्यसपछि प्रधानमन्त्री शाह भारतीय समकक्षी मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी भएका थिए। दिवाभोजपछि उनले भारतीय राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्।
दुई दिने भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाह द्विपक्षीय भेटवार्ता तथा औपचारिक कार्यक्रम सम्पन्न गरी सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।



