Global College

आरएसडिसी लघुवित्त संस्थाको वार्षिक साधारणसभा पुस ३ गते , बुक क्लोज कहिले ?

काठमाडौं । आरएसडिसी लघुवित्त संस्थाले  आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। । कम्पनीले मंसिर ६ गते बसेको सञ्चालक समिति बैठकले आउँदो पुस ३ गते  रुपन्देहीको बुटवलमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको कुल ९.४० प्रतिशतले हुन आउने ९ करोड ७२ लाख २ हजार ५५.२० रुपैयाँबराबरको नगद लाभांश (करसहित) पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

NECO

Leave Your Comment

Related News