Global College

साता दिनमा सामान्य बढ्यो नेप्से परिसूचक, औषत कारोबार ५ अर्ब १६ करोड

काठमाडौं । यस साता नेप्से परिसूचक सामान्य बढेको छ । यो साता गत साताको तुलनामा यो साता सेयर बजार करिब ७ अंक बढेर बन्द भएको हो ।

गत साता २६२१.२९ विन्दुमा बन्द भएको नेप्से परिसूचक यस साता ०.२६ प्रतिशत अर्थात ६.८८ अंक बढेर २६२८.१७ विन्दुमा बन्द भएको छ । यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमा ३ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने २ कारोबार दिन सामान्य अंक घटेको थियो ।

यस साता फ्लोट इण्डेक्स ०.८८ प्रतिशत बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ प्रतिशत बढेको छ ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ४ अर्ब १६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २४.१५ प्रतिशत बढी हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ३४.८२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १२.३९ प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ । गत साता ४५ खर्ब १२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १९ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । यस साता १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशत बढेको छ । गत साता ५४०८.४९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ७४.२८ अंक बढेर ५४८२.७७ विन्दुमा पुगेको छ ।

अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो । त्यस्तै, यस साता बैंकिङ्ग र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक १.५७ प्रतिशत घटेको छ । गत साता ४४१३.८८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ६९.३५ अंक घटेर ४३३३.५३ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ८६.९२ अंक घटेको छ ।

NECO

Leave Your Comment

Related News