Global College

मिथिला लघुवित्तले १० प्रतिशत लाभांश दिने

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजी २५ करोड ५८ लाख ४३ हजार रुपैयाँको आधारमा ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्ष १५ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।

NECO

Leave Your Comment

Related News