Global College

अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल सार्वजनिक, मूल्य कति ?

काठमाडौं । टीभीएस मोटर कम्पनीको साझेदार जगदम्बा मोटर्स प्रा।लि। ले अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रमबाट नयाँ अपाचे आरटीआर २०० ४भी यू।एस।डी। मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ।

टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्स प्रा।लि। का प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकलको अनावरण गरे।

अनावरणपछि मञ्चबाटै मोटरसाइकलको विशेषताबारे जानकारी दिँदै टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले भने, ‘अपाचे २०० ४भी यू।एस।डी। को मुख्य विशेषता यसको रिफाइन्ड इन्जिन र सहज प्रदर्शन हो। यसका साथै एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्टसहितको टीएफटी डिस्प्ले, ड्युअल९च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टमले राइडरलाई उत्कृष्ट, सुरक्षित र प्रविधियुक्त राइडिङ अनुभव प्रदान गर्छ।’

नयाँ अपाचे आरटीआर २०० ४भी यू.एस.डी। मा रिफाइन्ड इन्जिन र सहज प्रदर्शनका साथै एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्टसहितको टीएफटी डिस्प्ले, ड्युअल९च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम रहेका छन्। यी विशेषताले यस मोटरसाइकललाई प्रदर्शन, सुरक्षा र प्रविधिको सन्तुलित संयोजनका रूपमा प्रस्तुत गरेको छ।

यस मोटरसाइकलमा तीन राइड मोड रहेका छन्। दैनिक यात्राका लागि अर्बन मोड, मोटरसाइकलको रोमाञ्चक प्रदर्शन अनुभव गर्न स्पोर्ट मोड, र ट्र्याक्सन कन्ट्रोल सिस्टमको सहायताले चल्ने रेन मोड राइडरले आफ्नो आवश्यकता र सडकको अवस्थाअनुसार छनोट गर्न सक्नेछन्।

यो मोटरसाइकल ग्रेनाइट ग्रे र म्याट ब्ल्याक गरी दुई रङमा उपलब्ध छ। नेपाली बजारमा अपाचे आरटीआर २०० ४भी यू.एस.डी. को मूल्य ४,५९,९०० रूपैयाँ तोकिएको छ। यो मोटरसाइकल नेपालभरका टीभीएस शोरुममा उपलब्ध छ।

NECO

Leave Your Comment

Related News