Global College

९ अंकले नेप्से घट्दा कारोबार रकम साढे ६६ करोडले घट्यो

काठमाडौं । बिहीबार घटेको शेयर बजार आज शुक्रबार पनि घटेको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा पुगेर बन्द भएको हो ।

यसदिन सेन्सेटिभ इन्डेक्स ०.९६ अंकले घटेर ४८१.१५ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.५० र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.१६ अंकले घटेको हो ।

शुक्रबार ३५३ वटा कम्पनीको १ करोड ३१ लाख ९८ हजार ७५७ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ८२ करोड ४७ लाख पुगेको छ । जुन बिहीबारको तुलनामा ६६ करोड ४८ लाखले कारोबार रकम कम हो । बिहीबार ३५५ वटा कम्पनीको १ करोड ४७ लाख १० हजार २९८ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ५ अर्ब ४८ करोड ९५ करोड पुगेको थियो ।

यसदिन २ वटा उपसमूह बढ्दा ११ वटा उपसमूह घटेको छ । बैंकिङ १ र निर्जिवन बीमा २८ अंकले बढ्दा विकास बैंक ४२, वित्त १, होटल र पर्यटन १०, जलविद्युत २७, लगानी ०.३८, जीवन बीमा ३५, उत्पादन र प्रशोधन ६७, लघु्वित्त २३, म्युअुचल फण्ड ०.०८, व्यापार ६ र अन्य समूह ८ अंकले घटेको हो ।

यसदिन ५९ वटा कम्पनीको शेयर मूल्य बढ्दा २०३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

शुक्रबार सबैभन्दा धेरै एनआइसी एशिया बैंकका लगानीकर्ताले कमाएका छन् ।शुक्रबार यस बैंकका लगानीकर्ताले ६ दशमलव ०८ प्रतिशतका दरले कमाएका हुन् । माण्डु हाइड्रोका लगानीकर्ताले ४ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् । बेष्ट फाइनान्सका लगानीकर्ताले ४ दशमलव ३० प्रतिशतका दरले कमाएका छन् ।

NECO

Leave Your Comment

Related News