काठमाडौं । नेपाल बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच ग्राहकहरूलाई आधुनिक, सहज तथा डिजिटल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एपमार्फत सहज रूपमा भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् ।
बिहीबार नेपाल बैंक लिमिटेड प्रधान कार्यालय न्यूरोड काठमाण्डौमा भएको उक्त सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत लेखनाथ भुसाल र फोनपेको तर्फबाट प्रमुख व्यवसाय अधिकृत सुमित दासले हस्ताक्षर गरेका थिए । यस सेवामार्फत ग्राहकहरूले नगदरहित कारोबारलाई थप सहज, सुरक्षित र प्रभावकारी रूपमा उपयोग गर्न सक्ने अपेक्षा गरिएको छ ।
फोनपे भर्चुअल क्रेडिट कार्डमा सहज आवेदन, व्यापक भुक्तानी सुविधा, रियल टाइम ट्रर्याकिङ्ग, ४५ दिनसम्म ब्याजरहित अवधि र लचिलो भुक्तानी विकल्प जस्ता प्रमुख विशेषताहरू रहेका छन् । यस सहकार्यले नेपाल बैंकको डिजिटल बैंकिङ सेवा, वित्तीय पहुँचमा थप विस्तार गर्नुका साथै ग्राहकहरूलाई आधुनिक भुक्तानी प्रणालीमा जोड्न महत्वपूर्ण योगदान पुर्याउने साथै ग्राहक अनुभव अभिवृद्धिमा समेत यस सेवाले सकारात्मक भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।



